काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो सवा १२ बजेका लागि बोलाइएको हो ।
बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रको अनियमितता हेर्न दिने कि नदिने भन्ने बहस छ ।