१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वशान्तिका लागि महायज्ञ सम्पन्न



अ+ अ-

काठमाडौँ:  विश्वशान्ति र मानव कल्याणका लागि गरिएको अतिरुद्री विराट महायज्ञ विधिपूर्वक सम्पन्न भएको छ ।

नेपाल महर्षि वैदिक फाउन्डेसनले आयोजना गरेको महायज्ञ र वैदिक विज्ञान एवं आधुनिक विज्ञान दोस्रो महासम्मेलन आज सम्पन्न भएको हो । महायज्ञका संरक्षक स्वामी ज्ञानानन्द, फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटालगायतले पूर्णाहुति गरी महायज्ञ समापन गर्नुभएको हो ।

महर्षि नेपाल आउनुभएको स्वर्ण महोत्सवका अवसरमा महासम्मेलनसँगै विश्व कल्याणका लागि अतिरुद्री विराट महायज्ञ आयोजना गरिएको थियो । महर्षि महेश योगीले ५० वर्षअघि नेपाल आउँदा हिमालयको काखमा रहेको नेपालले वैदिक ज्ञानका माध्यमबाट विश्वलाई शान्तिको सन्देश दिन सक्ने उद्घोष गर्नुभएको थियो ।

बिहीबारदेखि सुरु भएको महायज्ञमा भावातीत ध्यान र सिद्धि साधना गरिरहेका एक हजार १११ वैदिक पण्डितले रुद्राभिषेक गरेका थिए ।रासस