४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तिहार र छठ सकिएसँगै किसान धान काट्न व्यस्त

तिहार र छठ सकिएसँगै किसान धान काट्न व्यस्त
अ+ अ-

राजविराज । तिहार र छठ सकिएसँगै सप्तरीको पूर्वी भेगका किसान धान काट्न र भित्र्याउने व्यस्त हुन थालेका छन् । यो वर्ष समयमा वर्षा भएकाले उत्पादन राम्रो हुनुका साथै भित्र्याउने बेला पनि मौसमले साथ दिएपछि किसान उत्साहित छन् ।

जिल्लाको सप्तकोशी, कञ्चनरुप र हनुमाननगर कङ्कालिनी नगरपालिका तथा तिरहुत, महादेव र अग्निकृष्णासवरण गाउँपालिकाका किसान धान भित्र्याउन व्यस्त हुन थालेका हुन् । अग्निकृष्णासवरण–४ का किसान रमेश यादवले मौसमले साथ दिएकाले धान भित्र्याउन सहज भएको बताउनुभयो । धान काटिसकेर गहुँ लगाइने भन्दै उहाँले पानी नपर्दै गहुँ छर्नुपर्ने भएकाले हतारमा काम भइरहेको उल्लेख गर्नुभयो ।

“गाउँका अधिकांश युवा वैदेशिक रोजगारमा गएकाले गाउँघरमा धान काट्ने मजदुरको अभाव छ । वर्षभरि घर खर्च चलाउन १० कठ्ठा जग्गामा धान रोपेका छौँ । समयमा भित्र्याएर गहुँ छरेपछि अलि फुर्सद हुन्छ”, यादवले भन्नुभयो ।

स्थानीय सरस्वतीदेवी यादवले पनि परिवारलाई सघाउँदै हुनुहुन्छ । उहाँले खेतीपाती गर्न मेहनत आवश्यक पर्ने भन्दै सरोकार भएका निकायले किसानलाई आवश्यक अनुदान तथा प्राविधिक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

यहाँका किसानले खेतको धान भित्र्याएपछि तोरी, आलु, तरकारी, मकै र गहुँ लगाउने गर्दछन् । धान वर्षभरिको खर्च जुटाउने मुख्य बाली भएकाले परिवारका सबे सदस्य काममा खटिएको सरस्वतीदेवीले बताउनुभयो ।

पाकेको बाली काटर मात्रै राख्दा झरेर जाने समस्या आउने भएकाले कुट्ने, झार्ने, थन्काउने काममा अग्निकृष्णासवरणको बनौली, टेङगरी, चिमटीलगायत क्षेत्रका किसान व्यस्त भएका स्थानीय मनोजकुमार यादवले बताउनुभयो । “विगतका वर्षमा भन्दा यसवर्ष धान उत्पादन राम्रो छ । दुई बिघा जग्गामा धान रोपाइँ गरेको थिएँ, मनग्य उत्पादन भएपछि उत्साहित छौँ”, उहाँले भन्नुभयो ।

गत असोज ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढीले सप्तकोशी, मोहुली, जीतालगायत खोला किनारमा रहेका अधिकांश किसानको धानखेत बगरमा परिणत भएको थियो ।

तिरहुत–३ का बुधिलाल यादवले भित्र्याउने बेला भएको धानखेत बगर बनेपछि पीडित अहिले राहत र सहयोगको पर्खाइमा रहेका बताउनुभयो । यहाँस्थित चन्द्रनहरबाट समयमा सिँचाइ सुविधा नपाउँदा किसान अकाशे पानीको भरमा बस्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । आठ महिनादेखि नहरको पुलहरू पुनःनिर्माण भइरहेकाले सिँचाइ अभाव भउको स्थानीय बताउँछन् ।

चन्द्रनहरअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिकाको फतेपुरबाट महादेवा गाउँपालिकाको पकरीस्थित खाँडो खोलासम्म तत्काल ३२ वटा नयाँ ‘साइफन’ पुनःनिर्माण भइरहेका छन् ।

जिल्लाको पूर्वी भेग तोपा, मन्सापुर, भगवतपुर, अकवरपुर, महादेवा, सोनरा, पकरी, कजौली, बथनाहा, इनर्वा, भारदह, चक्ला, विषहरियालगायत गाउँमा किसानले यसअघि चन्द्रनहरबाट सिँचाइ सुविधा पाउने गरेकामा अहिले महँगोमा डिजल तथा विद्युतीय प्रणालीमार्फत सिँचाइ व्यवस्था मिलाइएको महदेवा गाउँपालिकाका किसान महेन्द्रप्रसाद यादवले बताउनुभयो ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रले यसवर्ष समयमा रोपाइँ सकिएकाले विगतका वर्षभन्दा यसवर्ष बढी उत्पादन हुने अनुमान गरेको छ ।