१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमित मुख्यमन्त्री पौडेलको आग्रह : ‘कोरोना महामारीलाई गभिर रुपमा हेरौ’



अ+ अ-

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना महामारीको संवेदनशीलतालाई गम्भीरताका साथ लिन अनुरोध गर्नुभएको छ । कोरोना सङ्क्रमित भएर उपचाररत मुख्यमन्त्री पौडेलले आज एक सन्देश जारी गर्दै सामाजिक दूरीसहित अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गर्नुभएको हो । 

पौडेलले आफू र आफ्नो श्रीमतीको समेत स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको भन्दै कोरोनालाई चाँडै निको भएर नियमित कार्यमा फर्कने उल्लेख गर्नुभएको छ । उहाँले सङ्क्रमण पुष्टि भएपछि यही कात्तिक ७ गतेदेखि श्रीमतीसहित गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा उपचाररत रहेको तथा गत वर्ष गङ्गालालमै  मुटुको एन्जिओप्लास्टी गरेको जानकारी दिँदै उपचारारत रहँदा स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । 

“आदरणीय अग्रज तथा समकालीन नेतृत्व, आमकार्यकर्ता, कर्मचारी, सञ्चारकर्मी एवं शुभचिन्तकहरुले मेरो स्वास्थ्य अवस्थाको बारेमा चिन्ता व्यक्त गर्नुभएको छ । उपचाररत रहँदा यहाँहरुको प्रत्यक्ष सम्पर्कमा रहन असमर्थ भएता पनि सामाजिक सञ्जाल, मोबाइल एमएमएस र विभिन्न माध्यमबाट यहाँहरुले गर्नुभएको स्वास्थ्यलाभको कामनाले हामीलाई कोरोनाविरुद्धको लडाइँमा थप हौसला र उत्प्रेरणा मिलेको छ । हामी यहाँहरु सबैप्रति आभार व्यक्त गर्न चाहान्छौँ । आवश्यक सुरक्षा प्रोटोकल अपनाउँदा अपनाउँदै पनि हामी कोरोना सङ्क्रमित भयौँ ।  उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीप्रति धेरैधेरै आभार व्यक्त गर्दछौँ”, पौडेलद्वारा जारी सन्देशमा उल्लेख छ ।