४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

हवाइ भाडा बृद्धिबारे नाटाकी महासचिवको स्पष्टोक्तिः ‘ट्राभल एजेन्सी कहिले पनि कमिशनको खेलमा छैन’

हवाइ भाडा बृद्धिबारे नाटाकी महासचिवको स्पष्टोक्तिः ‘ट्राभल एजेन्सी कहिले पनि कमिशनको खेलमा छैन’
अ+ अ-

काठमाडौं, २४ कार्तिक । ट्राभल र टुर व्यवसायीहरूको छाता संस्था नाटा (नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स) नाटाकी केन्द्रीय महासचिव युविका भण्डारीले आफूहरु कहिले पनि कमिसनको खेलमा नरहेको बताएकी छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले एयरलाईन्सहरुले ट्राभल एजेन्सीलाई कुनै पनि कमिसन नदिने र हवाइ भाडा बढ्नुमा आफूहरुको संलग्नता नरहेको बताएकी हुन् ।

‘हामी ट्राभल एजेन्सीहरुको काम एयरलाइन्सको टिकट उपभोक्तालाई पठाउने हो । नेपाल चाहीँ एक्लो एउटा देश होला जहाँ ट्राभल एजेन्सीले टिकट बेच्दाखेरी शून्य कमिसन पाउँछ । अरु देशहरुमा ९ प्रतिशत, ७ प्रतिशत छ भने नेपालको सन्दर्भमा ट्राभल एजेन्सीलाई कुनै पनि एयरलाईन्सले कमिशन दिँदैन । ट्राभल एजेन्सी कमिशनको खेलमा कहिले पनि छैन,’– उनले भनिन् ।

उनले पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनमा आउन नसक्दा पनि अहिले भाडा महँगो बनेको बताईन् । नाटाले यसअघि नै अहिलेको अवस्था आउनसक्छ भनेर खबरदारी गरेपनि सरकारले नसुनेको गुनासो गरिन् ।

‘यस्तो महँगो हुन्छ है भनेर नाटाले खबरदारी चाहीँ गर्दै आएको हो । हामीले क्यान र पर्यटन मन्त्रालयलाई पनि खबरदारी गर्दै आइरहेका थियौं । यो हामीले भन्दाखेरी पनि यसको सुनुवाई भएन,’– उनले भनिन् ।

नाटाकी महासचिव भण्डारीका अन्ुसार पहिले डेढ लाखमा पाइने हवाइ टिकटको मूल्य अहिले ३ लाखसम्म भएको छ । भारतको नयाँ दिल्लीको एकतर्फी टिकट ७२ हजार रहेको छ ।

‘पहिले डेढ लाखमा पाउने टिकट ३ लाख भएको छ । दिल्लीको वान वे टिकट पहिला ८ हजारसम्म पनि आउने थियो । अहिले ७२ हजारसम्म पुगेको छ । यसले हाम्रो पर्यटनलाई नै नकारात्मक प्रभाव पारेको छ । टिकटको मूल्य बढ्यो भने ट्राभल एजेन्सीहरु कहिले पनि खुसी हुँदैन,’– उनले भनिन् ।

उनले देशले अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा रहेको पर्यटनको बारेमा कहिले पनि सोच्न नसकेको उनको टिप्पणी छ । उनले सरकारले चाहेको खण्डमा हवाइ टिकटको मूल्य घटाउन सकिने बताईन् । अहिलेको हवाई भाडा सान्दर्भिक नरहेको उनको टिप्पणी छ । महासचिव भण्डारीले क्यान, पर्यटन विभाग, पर्यटन मन्त्रालयलायतका निकायले हवाइ भाडाबारे नियमन र नियन्त्रण गर्नुपर्ने बताईन् ।
‘सरकारले मूल्यलाई घटाउन सक्छ । किनभने एक घण्टाको फ्लाइटलाई २७ हजार लिनुभनेको अलिकति पनि लजिकल देखिँदैन,’– उनले भनिन् ।

हिजोदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति सुरु भएको छ । स्तरोन्नतिको कामसँगै हवाइ उडान ३५ प्रतिशतले कटौति हुँदा अन्तर्राष्ट्रिय हवाइ उड्ययन कम्पनीहरुले अचाक्ली भाडा बढाएका छन् । दैनिक १० घण्टासम्म उडान कटौति हुने बताइएको छ ।
वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष भण्डारी भन्छन्, ‘तीन सय प्रतिशतसम्म हवाइ भाडा बढेको छ, कामदार पठाउन सक्ने अवस्था छैन’