१३ श्रावण २०८३, बुधबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सुनसरी घटना: रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै गुरु किन चाहियो ?  सुनसरी घटना: आक्रोश, बदलाको भावना र उत्तेजनामा नबग्न प्रधानमन्त्री शाहको अपिल सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव तस्करीमा होस् वा सहकारी हिनामिनामा संलग्न दुवैलाई कारबाही हुनुपर्छः गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अपराधिक कार्यमा संलग्न जो–कोहीलाई पनि कारबाही हुनुपर्ने बताएका छन् ।

आज गणेशमान सिंहको जन्म जयन्तीको श्रद्धासुमन व्यक्त गर्दै थापाले मानव तस्करीमा संलग्न होस् वा सहकारी हिनामिनामा संलग्न दुवैलाई कारबाही हुनुपर्ने प्रतिक्रिया दिएका हुन् ।

‘सहकारी प्रकरण होस् की जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस की टाढाको होस्, नयाँ होस् की पुरानो होस्, भिडको होस् की टाकुराको होस्, एक्लो होस् की शक्तिशाली होस् कानुन सबैको लागी बराबर हुनुपर्छ,’ सामाजिक सञ्जालमा महामन्त्री थापाले भनेका छन्, ‘गल्ती गर्नेले सजाय भोग्नुपर्छ। सबै कानुनी दायरामा आउनुपर्छ र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नुपर्छ।’

यस्तै, उनले विचार, आबद्धता वा पृष्ठभूमिको आधारमा नभई निष्पक्षताका आधारमा कारबाही हुनेमा आफू विश्वस्त रहेको पनि उल्लेख गरेका छन् । ‘कुनै पनि व्यक्तिलाई राज्यले सेलेक्टिभ ढंगले हेर्न पाइँदैन। यो विचार, आबद्धता वा पृष्ठभूमिको आधारमा हुने छनोटको विषय होइन, विधिको विषय हो,’ थापाले भनेका छन्, ‘म यो मान्यतामा अटल विश्वास गर्छु।’

साथै, थापाले पार्टी सरकारमा हुँदा वा प्रतिपक्षमा हुँदा आफ्नो उक्त मान्यता र विश्वास नबदलिने पनि जिकिर गरेका छन् ।