४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

एक साता पछि पर्सा प्रहरीबाट चौरसीया घटनाको जाहेरी दर्ता

एक साता पछि पर्सा प्रहरीबाट चौरसीया घटनाको जाहेरी दर्ता
अ+ अ-

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको बिन्दबासनी गाउँपालीकाको सपथ ग्रहण समारोहमा पार्टीका दुई गुट बिच भएको झडपका क्रममा एक जनाको ज्यान गएको एक साता पछि प्रहरीले जाहेरी लिएको छ । पार्टीको गाउँपालिका कमिटी सचिवसमेत रहेका चौरसियाको सत्तारुढदकै कार्यकर्ता बिच भएको झडपमा  ज्यान गएको थियो ।

स्थानीय नेता मारिदा समेत प्रहरीले जाहेरी नलिएको भन्दै आलोचना भएको थियो । झडपमा घाइते भै उपचारका क्रममा निधन भएका मुकेश चौरसियाको परिवारले दिएको किटानी जाहेरी पर्सा प्रहरी बिहिबार दर्ता गरेको छ । किटानी जोहरीमा पूर्वसांसद राजकुमार गुप्तासहित अन्य १३ जनामाथि ज्यान मार्ने कसुरुमा सग्लन रहेको  दाबी गरिएको छ ।

पूर्ब माओबादी समुहका नेता चौरसियाको हत्या भएको र दोषीलाई कारबाही गर्न माग गर्दे नेकपाका कार्यकर्ताहरुले निरन्तर प्रर्दशन गर्दे आईरहेका छन् । सुरुमा नै प्रहरीले जाहेरी लिन  नमाने पछि एक सातादेखि पूर्वमन्त्री मातृका यादवको नेतृत्वमा विरोध र धर्ना कार्यक्रम भइरहेको  छ ।

प्रहरीले जाहेरी नलिएका कारण मृतक चौरसीयाको शव एक साता देखी नारायणी अस्पतालमा रहेको छ । जाहेरी नलिदा सम्म परिबारले  शब बुझ्‍न मानेका थिएनन् । बिहिबार जाहेरी लिएपछि शुक्रबार शब बुझ्‍ने र अन्त्यष्टि गरिने भएको छ ।