१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक साता पछि पर्सा प्रहरीबाट चौरसीया घटनाको जाहेरी दर्ता



अ+ अ-

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको बिन्दबासनी गाउँपालीकाको सपथ ग्रहण समारोहमा पार्टीका दुई गुट बिच भएको झडपका क्रममा एक जनाको ज्यान गएको एक साता पछि प्रहरीले जाहेरी लिएको छ । पार्टीको गाउँपालिका कमिटी सचिवसमेत रहेका चौरसियाको सत्तारुढदकै कार्यकर्ता बिच भएको झडपमा  ज्यान गएको थियो ।

स्थानीय नेता मारिदा समेत प्रहरीले जाहेरी नलिएको भन्दै आलोचना भएको थियो । झडपमा घाइते भै उपचारका क्रममा निधन भएका मुकेश चौरसियाको परिवारले दिएको किटानी जाहेरी पर्सा प्रहरी बिहिबार दर्ता गरेको छ । किटानी जोहरीमा पूर्वसांसद राजकुमार गुप्तासहित अन्य १३ जनामाथि ज्यान मार्ने कसुरुमा सग्लन रहेको  दाबी गरिएको छ ।

पूर्ब माओबादी समुहका नेता चौरसियाको हत्या भएको र दोषीलाई कारबाही गर्न माग गर्दे नेकपाका कार्यकर्ताहरुले निरन्तर प्रर्दशन गर्दे आईरहेका छन् । सुरुमा नै प्रहरीले जाहेरी लिन  नमाने पछि एक सातादेखि पूर्वमन्त्री मातृका यादवको नेतृत्वमा विरोध र धर्ना कार्यक्रम भइरहेको  छ ।

प्रहरीले जाहेरी नलिएका कारण मृतक चौरसीयाको शव एक साता देखी नारायणी अस्पतालमा रहेको छ । जाहेरी नलिदा सम्म परिबारले  शब बुझ्‍न मानेका थिएनन् । बिहिबार जाहेरी लिएपछि शुक्रबार शब बुझ्‍ने र अन्त्यष्टि गरिने भएको छ ।