२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा केन्द्रिय समितिको बैठक, पार्टीका कार्यकर्ताहरु धर्नामा



अ+ अ-

काठमाडौं । शनिवार पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बसेको केन्द्रिय समितिको बैठकमा समसामयिक राजनीतिक र स्थानीय तह उपनिर्वाचनबारे छलफल हुने बताइएको छ ।

साथै पार्टीको सांगठनिक गतिविधि र संघर्षका कार्यक्रमहरुबारे पनि छलफल हुने बताइएको छ । पार्टी सभापति रवि लामिछानेलाई सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेसँगै आन्दोलन गर्दै आएको छ ।

भित्र केन्द्रिय समितिको बैठक जारी रहदा पार्टीका कार्यकर्ताहरुले पार्टी कार्यालयमै धर्ना दिएका छन् । शनिवार केन्द्रिय समितिको बैठक बस्नुअगाडि उनीहरुले पार्टी सभापति रवि लामिछाने पक्राउ परेको लामो समय बितिसक्दा पनि पार्टीले कुनै ठोस निर्णय लिन नसकेको भन्दै कार्यलयमै धर्ना दिएका हुन् ।

उनीहरुले कार्यालयभित्रै प्लेकार्डसहति प्रदर्शन गरेका छन् । उनीहरुले की संकटमा पार्टी सम्हाल, कि ठाउँ छोड, पार्टी एकता, देशको आवश्यकता हो, रविका नामबाट नेता र सांसद बन्नेहरु रविलाई संकट पर्दा पछि हट्नु धोका हो, रविले नाम दिए, रविलाई पर्दा साथ नदिने, आन्दोलनले नयाँ नेतृत्व, नयाँ संविधान र नेपालीमा आशा दिनेछ, समयले परिवर्तन खोजेको छ, आन्दोलनको विकल्प छैन, आफ्नै नेतालाई नो नट अगेन भन्ने दिन नआओस्, निर्णायक आन्दोलनको विकल्प छैन, रविको न्याय, सहकारी पीीडतको रकम फिर्ता र सबै भ्रष्टहरुलाई जेलमा नकोचेसम्म आन्दोलन जारी रहन्छ, देशले २२ दिनदेखि एउटा आँटिलो र गतिलो नेता खोजिरहेको छ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । —न्युज एजेन्सी नेपाल