२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 24.84

Wind: 2.06

Humidity: 38

Latest
ब्याटिङमैत्री पिचमा आज पञ्जाब र कोलकाता भिड्दै, धेरै रन बन्ला ? विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री थापा सुनको मूल्य प्रतितोला १७०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? गैँडाको शून्य चोरीसिकार पाँच सय दिन कट्यो सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा भोजपुरको वैकुन्ठेमा सुन्तला, कागती फलफूल सिकाइ केन्द्र स्थापना फोहोरी राजनीतिको अङ्ग बन्न क्रियाशिल भएका होइनौँः महामन्त्री थापा आजदेखि टियूको ट्रान्सक्रिप्ट आवेदन अनलाइन मार्फत दिन मिल्ने अमेरिकी हवाई आक्रमणमा यमनको राजधानीमा ६ जनाको मृत्यु, १३ घाइते मिथिलासहित तराई/मधेसमा आज जुडशीतल पर्व मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनका असर न्युनिकरणका लागि विश्व समुदायले नेपाललाई सहयोग गर्नुपर्छः उपप्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वल्र्ड अर्बान फोरममा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर न्युनिकरणका लागि विश्व समुदायले सहयोग गर्नुपर्नेकुरालाई जोड दिएको बताउनुभएको छ ।

इजिप्टको कायरोमा वल्र्ड अर्बान फोरममा सहभागी भइ नेपाल फर्किएसँगै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर दातृ निकायहरुले नेपाललाई जलवायु परिवर्तनका असरबाट बचाउन सहयोग गर्न अपिल गरेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनका कारण नेपालले अतिवृष्टि, अनावृष्टि लगायतका विपद् भोगिरहेको कुरा सम्मेलनमा प्राथमिकताका साथ उठाएको बताउनु भयो ।

उहाँले बाढी, पहिरो जाने, हिमालहरुमा हिउँ पग्लिने, हिमताल फुट्ने लगायतका कारणले नेपाल समस्यामा रहेको कुरा सम्मेलनमा जोडदार रुपमा उठाएको नेपालको प्रश्तुती सशक्त भएको उल्लेख गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय समुदायहरु नेपाललाई जलवायुअनुकुलनका लागि सहयोग गर्न सकारात्मक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘युएनले नेपालमा विभिन्न सहकार्य गरी कार्यक्रमहरु गर्दै आएको छ । त्यसमा पनि विशेष गरी संघीयतामा गइसकेपछि स्थानीय निकायलाई नै इन्करेज गर्नुपर्छ, समावेश गर्नुपर्छ भनेर शहरहरु निर्माण गर्नको लागि युएन ह्याबिटाइटले धेरै ठूलो कन्ट्रिब्युुसन रहेको कुरा र त्यसमा पनि हाइलाइट ग¥यौँ । जलवायु परिवर्तनका कारणले गर्दा अहिले हाम्रो शहरहरुमा अतिवृष्टि, बाढी, पहिरो जाने, हिमालहरुमा हिउँ पग्लिने, हिमताल फुट्ने लगायतका कारणले नेपाल समस्यामा छ । कम कार्बन उत्सर्जन गर्ने नेपाल सबैभन्दा बढी जलवायु परिवर्तनका असर भोग्नुपरिरहेको छ । जसले विभिन्न विपद् निम्त्याइरहेको छ । नेपाललाई सहयोग पु¥याउने कुरामा जोड दिएको छु ।’

उपप्रधानमन्त्री सिंहले जलवायु परिवर्तनका असर कम गर्नेगरी नयाँ शहरको निर्माणको योजना बनाउनुपर्ने बतउनु भयो । गत आईतवार इजिप्ट प्रस्थान गर्नुभएका उपप्रधानमन्त्री सिंहले शहरी विकास सम्बन्धी विश्व सम्मेलनमा तीन वटा सत्रलाई सम्बोधन गर्नुभएको थियो । सम्मेलनमा नेपालमा जलवायु परिवर्तनको असर धेरै देखिएकाले भविष्यमा जलवायु परिवर्तनले पनि असर नगर्ने गरी कसरी शहरीकरण र बस्ती विकास गर्न सकिन्छ भन्ने विषयलाई प्रमुख एजेण्डा बनाउनुभएको थियो ।