१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

‘पूर्ण बहादुरको सारङ्गी’को व्यापारको असरः ‘मिसिङः केटी हराएको सूचना’ को प्रदर्शन स्थगित

‘पूर्ण बहादुरको सारङ्गी’को व्यापारको असरः ‘मिसिङः केटी हराएको सूचना’ को प्रदर्शन स्थगित
अ अ+ अ-

काठमाडौँ । आउँदो कात्तिक ३० गतेलाई प्रदर्शनको समय घोषणा गरिएको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को प्रदर्शन स्थगित गरिएको छ ।

चलचित्रका वितरक करण श्रेष्ठका अनुसार प्रदर्शनरत चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले अभूतपूर्व व्यापार गरिरहेको र नयाँ चलचित्र आउँदा ‘शो’ बाँडफाँडमा समस्या हुने भएकाले नयाँ मिति सार्वजनिक नभएसम्मका लागि ‘मिसिङः केटी हराएको सूचना’ को प्रदर्शन स्थगित गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो समय नेपाली चलचित्रले पाइरहेको दर्शकको साथले सबै चलचित्रकर्मीलाई उत्साहित बनाएको छ । गत दसैँदेखि छठसम्म नेपाली चलचित्रको व्यापार हेर्ने हो भने हामी अब विदेशी चलचित्रसँग डराउनुपर्ने अवस्था छैन । त्यसैले हामीले ‘मिसिङः केटी हराएको सूचना’ हाललाई प्रदर्शन रोक्ने र चलिरहेका नेपाली चलचित्रलाई साथ दिने घोषणा गरेका छौँ ।”

नयाँ चलचित्र आउँदा दर्शकको साथ प्राप्त चलचित्रलाई असर पर्ने सम्भावना रहने भएकाले इतिहास कायम गर्ने बाटोमा रहेको चलचित्रलाई सहज बनाइदिनु आफ्नो दायित्व ठानेको निर्देशक दीपेन्द्र गौचनले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी छिट्टै नयाँ प्रदर्शनको समय तय गर्नेछौँ । अहिलेलाई हामीले नेपाली चलचित्रको उत्सवलाई ऐक्यबद्धता दिएका हौँ । हामीले अब यसरी नै आपसी समझदारीमा अगाडि बढ्नुपर्छ ।”

वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर आफ्नो छुट्टै पहिचान बनाउनुभएका निर्देशक गौचनले ठूलो पर्दाका लागि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ झन्डै ३२ वर्षपछि निर्देशन गर्नुभएको हो ।

पहाडी समुदायको केटा र मधेशी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई समेटिएको उक्त चलचित्रमा नाजिर हुसेन, सृष्टि श्रेष्ठ, सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौसल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णलगायत कलाकारले अभिनय गर्नुभएको छ ।