४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आगामी नेतृत्वका लागि माधव नेपाललाई ओलीको आग्रह !

आगामी नेतृत्वका लागि माधव नेपाललाई ओलीको आग्रह !
file
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको आगामी नेतृत्वका लागि तयार रहन आग्रह गरेका छन्।  कार्तिक ४ र ११ का दुई भेटमा ओलीले पूर्वएमालेको तर्फबाट अबको पार्टी नेतृत्व लिन आग्रह गरेको स्रोतको दावी छ।  

‘मंगलबार ओली र नेपालबीच भएको एकल भेटमा ओलीले अबको नेता तपाई नै हो यसमा मेरो पूर्ण समर्थन, साथ र सहयोग रहन्छ’, ओलीलाई उधृत गर्दै स्रोतले भन्यो।  तर माधव नेपाल भने यसमा अझै आश्वस्त भइनसकेको स्रोतको दावी छ।  पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग सामान्य सम्बन्ध विग्रेपछि ओलीले नेपाललाई बोलाएर एक्लाएक्लै छलफल गरेका थिए।  ओलीले नेपाललाई नेतृत्वको तेस्रो पटक प्रस्ताव गरेका हुन्।  

कर्णाली प्रदेशको विवाद उत्कर्षमा पुगेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग खटपट परेपछि ओलीले नेपाललाई बोलाएर भेटघाट गरेका थिए।  ‘प्रधानमन्त्री ओलीले नेपालसँग केही समय छलफल गर्नुभएको हो उहाँहरुबीच कोरोना भाइरस संक्रमण तथा पार्टीको विवादबारे सामान्य छलफल भयो।  त्यो भन्दा पनि पारिवारिक कुराकानी बढी भयो’, वालुवाटार निकट स्रोतले भन्यो।  प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग मंगलबार दिउँसो भेटघाट गरेका थिए।  गत कार्तिक ४ गते पनि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग बालुवाटारमा एक्लै छलफल गरेका थिए।  त्यसअघि दुई नेताबीच साउन ९ गते मात्रै एक्लाएक्लै कुराकानी भएको भएपनि खासै उपलब्धी नभएको नेपाल पक्षले जनाएको थियो। भेटका अवसरमा नेपालले दुई पार्टीको एकीकरण भएकाले एउटा पक्षलाई बाहिर राखेर पार्टी सञ्चालन गर्नुको कुनै अर्थ नभएको बताएका थिए।  

नेपाल निकट स्रोतका अनुसार दुई नेताहरुको भेटमा प्रधानमन्त्री ओलीले आफूसँग सहकार्यका लागि प्रस्ताव गरेका थिए। नेपालले सो विषयमा कुनै प्रतिक्रिया नदिएको तर पार्टी एकतालाई जोड दिएका थिए। कर्णाली प्रदेशमा देखिएको विवाद र पर्सामा भएको पार्टी एकताको शपथ ग्रहणका बेला भएको हत्यापछि कार्यकारी अध्यक्ष दाहालसँग ओलीको सम्बन्ध विग्रिएको छ।  

संवादहिनतामा संवाद खुलाउने प्रयास  
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय ओली र दाहालबीच रोकिएको संवाद खुलाउन तीन नेताहरु लागिपरेका छन्।  कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्ने क्रममा दुई अध्यक्षले छुट्टा छुट्टै पत्राचार गरेर विवाद झन् बल्झाएपछि संवाद टुटेको थियो।  

नेपाल निकट स्रोतका अनुसार दुई नेताहरुको भेटमा प्रधानमन्त्री ओलीले आफूसँग सहकार्यका लागि प्रस्ताव गरेका थिए। नेपालले सो विषयमा कुनै प्रतिक्रिया नदिएको तर पार्टी एकतालाई जोड दिएका थिए।

उनीहरुबीच संवाद टुटेपछि बुधबार पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ तथा विहिबार लुम्बिनी प्रदेशमा मूख्यमन्त्री शंकर पोखरेल दाहाल निवास खुमलटार पुगेर संवाद खुलाउने प्रयास गरेका थिए।  प्रधानमन्त्री ओलीले गत मंगलबार कार्यकारी अध्यक्ष दाहालसँग संवादमा स्थानीय प्रदेश कमिटीलाई नै कर्णाली विवादका विषयमा निर्णय गर्ने जिम्मा दिन गरेको प्रस्ताव विपरीत अलग्गै चार वुँदे सहमति भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेपछि उता दाहालको सचिवालयले कुनै सहमति नभएको भनेर प्रेस नोट जारी गरी विवाद ज्यूका त्यू रहेको संकेत गरेको थियो।  

त्यसपछि कार्तिक ५ मा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्रचार गरे गुलाबजंग शाहमाथिको कारवाही फिर्ता गर्न निर्दैशन दिएका थिए।  दाहालले पनि त्यसलाई काउण्टर दिने गरी विवाद समाधान प्रदेशबाट खोज्न कार्तिक ७ मा अर्को पत्र लेखेपछि भने दुई अध्यक्षवीच कटुता उत्पन्न भएको प्रष्ट देखिएको थियो।  दुई अध्यक्षबीचको तिक्तताले पार्टी काम र सरकारी कामलाई समेत प्रभावित पारेपछि संवाद खुलाउन पार्टीकै तीन नेताहरु सक्रिए भएका हुन्। नागरिक दैनिकमा समाचार छ ।