१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिसो बतास ल्याएर आइन कृपा



अ+ अ-

पोखरा- तिजको गितबाट नेपाली लोकगित संगित क्षेत्रमा मोडलिङ सुरु गरेकी मोडल कृपा पौडेलले लोक तथा दोहोरी गित चिसो बतास कताको माछापुच्छ्रेको सार्वजनिक गरेकी छन ।

कृपाका बाबु हरि पौडेल र आमा सिता पौडेलको निर्माणमा उक्त गितको म्युजिक भिडियो युवट्युमा सार्वजनिक भएको छ । तिजको गित मेरी पुतलीबाट आफ्नो अभिनय सुर गरेकी कृपाको यो दोस्रो गित हो ।

गितमा नेपाली लोकसंगितका चर्चित गायक वसन्त थापा शान्ती श्री परियार र हरि खत्रीको स्वर रहेको छ भने गितको शब्द र लय शिव अखेलीको रहेको छ । गितको म्युजिक भिडियोको मुख्य भुमिकामा कृपा र बद्री प्रसाद तिवारी रहेको छन । कृष्ण केसीले एरेन्ज गरेको गितको रेकडिङ कमल थापा र गोविन्द अनेकले गरेका छन भने मिक्सिङ श्यामस्वत रसाईलीको गरेका छन ।

स्मृति तिमिल्सीना गुरुआमाको निर्देशनमा रहेको गित दुर्गा पौडेलको छायाङ्कन र अमृत चापागाईको सम्पादन रहेको छ । गितको भिडियो कृपा पौडेल युवट्युब मार्फत सार्वजनिक गरिएको छ । गित टिकटकमा भाईरल भएको छ भने युवट्युबमा पनि राम्रो भ्यु गएको छ ।