२२ कार्तिक २०८१, बिहीबार
,
Latest
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी प्लाष्टिकका सामग्रीले पुख्र्यौली पेसा सङ्कटमा व्यावसायिक ‘ड्रागन फ्रुट’ खेतीमा आकर्षण बढ्दै लामो फरम्याटमा अझ धेरै खेल खेल्नुपर्ने देखियो– कप्तान रोहित उपनिर्वाचन रास्वपाको तयारी: उम्मेदवारी आह्वान, ७ प्रदेशमा तोकिए कमाण्डर टी-२० विश्वकप छनोटः कुवेतमाथि नेपालको शानदार जित गीत गाएरै बुवा, आमालाई विदेशबाट फर्काएका प्रकाश,  ‘लाहुर’ जान हिडेका कलाकार बने निरीक्षकको लापरवाहीले अनुत्तीर्ण छात्र राष्ट्रिय परीक्षा बोर्डद्वारा उत्तीर्ण भौतिक मन्त्रालयद्वारा निर्माण व्यवसायीलाई ५ अर्ब ५ करोड रकम भुक्तानी,अझै ३ अर्ब ६६ करोड बाँकी टी-२० विश्वकप छनोट: नेपालले दियो कुवेतलाई १३१ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेबनानमा इजरायली हवाई आक्रमणमा २५ जनाको मृत्यु, ३२ घाइते



अ+ अ-

काठमाडौँ । लेबनानको विभिन्न क्षेत्रमा इजरायली हवाई आक्रमणमा २५ जनाको मृत्यु हुनुका साथै अन्य ३२ जना घाइते भएको लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले जनाएको छ ।

इजरायली सेनाले बेका क्षेत्रको ऐतिहासिक शहर बालबेकको बिरूद्ध हवाई कारबाही जारी राख्यो । यसैबीच हिजबुल्लाहले इजरायलको ८१० औं हर्मोन ब्रिगेडको मुख्यालय माले गोलानी ब्यारेकमा रकेटको ब्यारेजले आक्रमण गरेको र रकेटले धेरै इजरायली शहरहरूमा इजरायली सेनालाई पनि प्रहार गरेको बताए ।

लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ८, २०२३ मा इजरायल–हिजबुल्लाह द्वन्द्व शुरु भएदेखि लेबनानमा इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १३ पुगेको छ । जबकि घाइतेहरूको संख्या १३ हजार ५५३ पुगेको छ ।