४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

प्रधानमन्त्रीको चीन भ्रमणको संयोजन परराष्ट्रमन्त्री आरजु राणाले गर्ने

प्रधानमन्त्रीको चीन भ्रमणको संयोजन परराष्ट्रमन्त्री आरजु राणाले गर्ने
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको संयोजन परराष्ट्रमन्त्री आरजु राणाले गर्ने हुनु भएको छ । प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा बनेको दुई दलीय संयन्त्रको बैठकले प्रधानमन्त्रीको चीन भ्रमणको परराष्ट्रमन्त्रीले भ्रमणको संयोजन गर्ने निर्णय गरेका हुन् ।

चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणामा आगामी डिसेम्बर महिनामा प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र चीनको औपचारिक भ्रमणमा जादै हुनुहुन्छ ।

बैठकले दुई दलीय राजनीतिक संयन्त्रको कार्यदलको संयोजन दुई दलले पालैपालो गर्ने तयारी गरेका छन् ।

मंगलबार बसेको दुई दलीय संयन्त्रको कार्यदलको पहिलो बैठकले दुई दलले एक–एक महिना पालैपालो कार्यदलको संयोजन गर्ने निर्णय गरेको हो ।

सत्तारुढ दल कांग्रेस र एमालेले वर्तमान संयुक्त सरकारलाई सफल र प्रभावकारी बनाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा दुई दलीय राजनीतिक संयन्त्र निर्माण गरेका थिए ।

संयन्त्रको कार्यदलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखक र केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा रहनु भएको छ ।

त्यसैगरी एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल रहनु भएको छ ।

बैठकको यस्तो छ निर्णय-

नेपाली कांग्रेस र नेकपा (एमाले) को नेतृत्वमा गठन भएको बर्तमान सयुंक्त सरकारलाई सफल र प्रभावकारी बनाउन नेपाली कांग्रेस र नेकपा (एमाले) को मिति २०८१ कार्तिक १५ गते बसेको सयुंक्त बैठकले नेकपा (एमाले) का अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवाको नेतृत्वमा दुई दलीय राजनीतिक संयन्त्र निर्माण गरिएको छ ।

संयन्त्रको कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट उपसभापति माननीय पूर्णबहादुर खड्का, महामन्त्री माननीय गगनकुमार थापा, केन्द्रीय सदस्य एवं गृहमन्त्री माननीय रमेश लेखक र केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा रहनु भएको छ भने नेकपा (एमाले) को तर्फबाट बरिष्ठ उपाध्यक्ष श्री ईश्वर पोखरेल, उपाध्यक्ष एवं उपप्रधानमन्त्री माननीय विष्णुप्रसाद पौडेल, महासचिव श्री शंकर पोखरेल र उपमहासचिव श्री विष्णु रिमाल रहनु भएको छ । यसैगरी प्रदेश र जिल्ला तहमा पनि दुई दलीय संयन्त्र बनाउने निर्णय भएको छ ।

हिजो मिति २०८१ कार्तिक २० गते दुइ दलीय संयन्त्रको कार्यदलको पहिलो बैठक बसी देहाय बमोजिमको निर्णय गरेको छ ।

१) कार्यदलको संयोजन दुई दलले एक–एक महिना पालै पालो गर्ने । पहिलो महिना (कार्तिक २१ देखि मंसिर २० सम्म) नेपाली कांग्रेसका उपसभापति श्री पूर्णबहादुर खड्काले कार्यदलको बैठकको संयोजन गर्ने ।

२) चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणामा आगामी डिसेम्बर महिनामा हुने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको मित्र राष्ट्र चीनको औपचारिक भ्रमणको तयारीको संयोजन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गर्ने । दुई नेताको निर्देशन अनुरुप संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजिकरण गर्ने ।

केशवराज जोशी
सचिव