४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाले बोलाए शीर्ष नेताहरुको बैठक



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार शीर्ष नेताहरुको बैठक बोलाएका छन् । देउवाले पार्टीभित्रको विवादमा समाधान पहिल्याउन शीर्ष तहका नेताको बैठक डाकेका हुन्।

यो छलफललाई १७ असोजको बैठकको निरन्तरता मानिएको छ । देउवाले पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी लगायतसँग छलफल गर्न लागिएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । 

शीर्ष नेताहरुको बैठक  यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अघि सारेको मागबारे छलफल गर्न १७ असोजमा बसेको थियो । १९ गते केन्द्रीय कार्यसमिति बैठक बस्ने भनिएपनि केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि शीर्ष नेताहरुको छलफल र केन्द्रीय कार्यसमिति बैठक दुवै प्रभावित भएको थियो ।