१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर



अ+ अ-

काठमाडौँ : ग्लोबल आइएमई बैंकका ग्राहकहरुका लागि यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर योजना सार्वजनिक भएको छ ।

उक्त क्यासब्याक अफर योजना अनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले यती एयरलाइन्सको हवाई टिकटको खरिदमा निश्चित ५०० क्यासब्याक पाउनेछन् ।

बैंकका ग्राहकहरु तथा ग्राहक परिवारका सदस्यहरुले ग्लोबल स्मार्ट प्लसबाट यती एयरलाइन्सको टिकट बुक गर्दा/काट्दा ‘फ्लाइयती’ प्रोमो कोड प्रयोग गरी ५०० क्यासब्याक पाउनेछन् । ग्राहकहरूले यो प्रोमो कोड ३ पटकसम्म प्रयोग गर्न सक्नेछन् । यो क्यासब्याक योजना नोभेम्बर २९ सम्म रहने बैंकले जनाएको छ ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।