९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमा



अ+ अ-

आमा आराधना देवी आमा गुणवती सदा
आमा गौरवकी मूर्ति आमा हुन जगदम्बिका।

आमा स्वर्गअझै माथि आमा देवी मिजासकी 
आमा हुन् गुणकी खानी शिक्षिका घरकी उनी।
 
आमा हुन ज्ञानकी धारा आभा हुन शशी सूर्यकी
ताराकी दीप्ति हुन् आमा मूर्धन्य मातृ शक्तिकी। 

धरतीकी यिनै साथी भान्साकी गृहिणी पनि 
लक्ष्मी हुन् गृहकी हाम्री खानपान सबै दिने।
 
संस्कृति सभ्यता हाम्रो आमा उद्गमको स्थल
सदाचार र शिक्षा हो आमा अमृतको फल।