४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कर्णाली प्रदेश सरकार पुनर्गठन हुँदै, तीनमन्त्री थपिने

कर्णाली प्रदेश सरकार पुनर्गठन हुँदै, तीनमन्त्री थपिने
अ+ अ-

काठमाण्डौं । कर्णाली प्रदेश सरकार पूर्नगठन हुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्व अविश्वास प्रस्ताव दर्ता भएसँगै बढेको विवाद केन्द्र सम्म आईपुग्दा पनि समाधान नभकै अबस्थामा मन्त्रीमण्डल पूर्नगठन हुन लागेको हो । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले   सामाजिक संञ्जाल फेसबुक मार्फत आफूहरु सरकार बाट बाहिरिन लागेको जानकारी गराउनुभएको छ ।

मन्त्री रावलले लेख्नु भएको छ- कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरु प्रति ऋणी छु ।

कर्णाली सरकारमा पार्टीका अध्यक्ष केपी ओली  कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल  निकट ब्यक्तिहरु मन्त्री रहदै आएको र अब अध्यक्ष ओली पक्षका नेता बाहिरिए संगै वरिष्ठ नेता माधब कुमार नेपाल पक्षका तीन मन्त्री थपिन सक्ने एक सासदले जानकारी दिनुभयो । हाल राबल संगै नन्दसिङ बुढा ओली पक्षका बाट सरकारमा सहभागि हुनहुन्छ । ती सासदका अनुसार शनिबार नै मन्त्रिमण्डल पुनर्गठनको खाका तयार र आईतबार सपथ गराउने तयारी भै रहेको छ । सांसद यामलाल कँडेलको अगुवाइमा १८ जना बहुमत सासदले अबिश्वासको प्रस्ताब दर्ता गराएपनि पछि माधब नेपाल समुहका ७ सासदहरुले  कडेललाई साथ नदिएपछि ओली प्रस्ताव अस्वीकृत भएको थियो ।