• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   आगामी आर्थिक वर्षको मौद्रिक नीति लचिलो ल्याउँछौं: गभर्नर अधिकारी ★   निर्देशक सुदर्शन थापा पक्राउ ★   जब विद्यार्थी संसदीय अभ्यास बुझ्न दर्शक–दीर्घामा पुगे… ★   ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित ★   पसिना–पसिना हुँदै चोर्न गएको चोर एसीको हावामा मस्त निदाए, प्रहरीले उठाउँदा पनि उठेनन् ★   यूएन पार्क–कुपण्डोल खण्डको पिच सडकबाट सारियो बत्तीको पोल ★   सुशान्त सिंह राजपुतको घरमा सरिन् अदा शर्मा ★   हुलाकी सडक: अङ्कुराउँदै छन् समृद्धिका सपना ★   वैदेशिक ऋण लिएर संघीयता धान्ने कुरा गलत छ: चित्रबहादुर केसी ★   १२ वर्षपछि टी–२० विश्वकपमा पहिलो सुपर ओभर

ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ



प्रतीकात्मक तस्बिर

बनियानी । झापाको मेचीनगर–६ बाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका २६ ग्राम ब्राउनसुगरसहित भारतको पश्चिम बङ्गालस्थित खोरोबारीका २५ वर्षीय साधिक आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

आलम भारतबाट नेपालतर्फ अवैधरूपमा लुकाइछिपाई ब्राउनसुगर ल्याउँदै गर्दा जाँच गर्ने क्रममा पक्राउ परेका हुन् । उनलाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।