४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पौडेल कोरोना मुक्त



file
अ+ अ-

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसको संक्रमण जितेका छन् ।  मुख्यमन्त्री पौडेलले संक्रमण पुष्टि भएको १० दिनपछि कोरोना मुक्त भएका हुन् । 

६ कात्तिकमा संक्रमण पुष्टि भएका पौडेलले शनिबार काभ्रेको धुलिखेलमा पुनः स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो । उनि गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्र बाँसबारीमा उपचाररत थिए ।

कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका पौडेललाई थप उपचारका नेपाली सेनाको हेलिकोप्टरमार्फत कात्तिक ७ मा काठमाडौं ल्याएको थियो ।

मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालका अनुसार पौडेल कोरोना मुक्त भएपनि गंगालालमा उपचार भइरहेको छ ।  मधुमेहका बिरामी मुख्यमन्त्री पौडेलको जेठ महिना गंगालालमै मुटुको शल्यक्रिया गरिएको थियो ।