४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कोरोना संक्रमित काँग्रेस नेता विश्वकर्माको अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुदै

कोरोना संक्रमित काँग्रेस नेता विश्वकर्माको अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुदै
अ+ अ-

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता मीन विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। कोरोना संक्रमणका कारण विरामी परेका उनलाई निमोनिया पनि भएको छ । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि कांग्रेसका नेता विश्वकर्मालाई आइसियुबाट पनि शनिबारदेखि भेन्टिलेटरमा सारिएको हो । उनी ग्राण्डी अस्पतालमा उपचाररत छन्।

चिकित्सकहरुका अनुसार विश्वकर्माको स्वास्थ्य अवस्थाको अवस्था शनिबार थप बिग्रिएको छ । यस बारेमा उनको परिवारका सदस्यलाई जानकारी दिइएको र आइतबारको अवस्थाको बारेमा केही जानकारी दिइएको छैन । 
‘उ‘निमोनियाले फोक्सोलाई ७० प्रतिशत प्रभावित बनाएको चिकित्सकले जनाएका छन् । विश्वकर्मालाई ज्वरो र स्वासप्रश्वासको पनि समस्या देखिएको थियो।

‘उहाँको फोक्सोभित्र कोरोना भाइरस छ। त्यसलाई उहाँको शरीरको इम्युनिटी प्रणालीले कसरी हटाउन सक्छ। बिग्रेको फोक्सो कसरी सुधार हुन्छ त्यसमा नै उहाँको स्वास्थ्य निर्भर रहन्र्छ एकजना चिकित्सकले जानकारी दिएका छन् । 

विश्वकर्मालाई फोक्सोबाहेक अरू समस्या भने नरहेको डाक्टरहरूले बताएको विश्वकर्माका आफन्त दिवस पौडेलले जानकारी दिए । विश्वकर्माको स्वास्थ्य स्थिर रहेको जानकारी आफूहरूलाई दिइएको उनले बताए। 

‘उहाँ अहिले भेन्टिलेटरमा हुनुहुन्छ। स्वास्थ्यमा सुधार आउन केहि समय लाग्छ भन्ने डाक्टरहरूको भनाइ छ,’ पौडेलले भने । उनको स्वास्थ्य अवस्था बिग्रेका कारण भेन्टिलेटरमा सार्नुपरेको अस्पतालले जनाएको छ।

विश्वकर्मालाई गत कात्तिक १ गते कोरोना देखिएको थियो। त्यसपछि केहि दिन होम आइसोलेसन बसेका उनलाई वीर अस्पताल लगिएको थियो । त्यहाँ पनि उनको स्वास्थ्यमा सुधार हुन नसकेपछि ग्राण्डी अस्पताल लगिएको हो ।