४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफू निकटसँग प्रचण्डले भने- ‘प्रधानमन्त्रीले अलग हुन खोज्नुभयो’



अ+ अ-

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी ओलीले एउटै नेकपामा नरहेर अलग अलग हुन आग्रह गरेको गम्भीर खुलासा गरेका छन् । उनले आज खुमलटारमा आफू निकट नेताहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव गरेको खुलासा गरेका हुन् । शनिबारको भेटघाटमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव गरेको कुरा खुमलटार पुगेका आफू निकटका नेताहरुसँग बताएको खुमलटार निकट स्रोतले बतायो । 

त्यो स्रोतले प्रचण्डलाई उद्धृत गर्दै भन्यो- 'प्रधानमन्त्रीज्यूले सँगै जान सकिएन, अब अलग अलग लागौं भनेर प्रचण्डजीसँग प्रस्ताव गर्नुभएछ ।' शनिबार र आइतबारको छलफलमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग उक्त प्रस्ताव गरेको कुरा सो समाचार स्रोतले बताएको थियो । 

उता नेकपाका महासचिव विष्णु पौडेलले पनि आज ट्वीट गर्दै पार्टी एकता अहिलेसम्मकै सबैभन्दा गम्भीर अवस्थामा पुगेको बताएका थिए ।