४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आफू निकटसँग प्रचण्डले भने- ‘प्रधानमन्त्रीले अलग हुन खोज्नुभयो’

आफू निकटसँग प्रचण्डले भने- ‘प्रधानमन्त्रीले अलग हुन खोज्नुभयो’
अ+ अ-

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी ओलीले एउटै नेकपामा नरहेर अलग अलग हुन आग्रह गरेको गम्भीर खुलासा गरेका छन् । उनले आज खुमलटारमा आफू निकट नेताहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव गरेको खुलासा गरेका हुन् । शनिबारको भेटघाटमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव गरेको कुरा खुमलटार पुगेका आफू निकटका नेताहरुसँग बताएको खुमलटार निकट स्रोतले बतायो । 

त्यो स्रोतले प्रचण्डलाई उद्धृत गर्दै भन्यो- 'प्रधानमन्त्रीज्यूले सँगै जान सकिएन, अब अलग अलग लागौं भनेर प्रचण्डजीसँग प्रस्ताव गर्नुभएछ ।' शनिबार र आइतबारको छलफलमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग उक्त प्रस्ताव गरेको कुरा सो समाचार स्रोतले बताएको थियो । 

उता नेकपाका महासचिव विष्णु पौडेलले पनि आज ट्वीट गर्दै पार्टी एकता अहिलेसम्मकै सबैभन्दा गम्भीर अवस्थामा पुगेको बताएका थिए ।