१४ कार्तिक २०८१, बुधबार
,
Latest
एकताको कुरा भनेर पनि धेरै हुने मैले देखेको छैनः अध्यक्ष दाहाल सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दङ्ग छौँ’ नेपाल र बंगलादेशबीचको खेल हेर्न दर्शकको भिड (तस्बिरहरु) ऊर्जा उत्पादक निजी क्षेत्रलाई सरकारले खुट्टा बाँध्ने काम गरिरहेको छः अध्यक्ष कार्की मानवअधिकारवादी नेता तुलाधरको योगदानको चर्चा प्रहरीद्वारा चाडपर्व लक्षित विशेष निगरानी न्यूयोर्कमा इतिहासमै पहिलोपटक दिपावलीको अवसरमा विद्यालय विदा रेड पान्डाको छालासहित पक्राउ तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने स्मार्ट च्वाइस् टेक्नोलोजिज् र एनसीएचएलबिच नेपालपे कार्डको लागि समझदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला च्याम्पियनसिपको फाइनलमा यी सामान बोकेर जान नपाइने



अ+ अ-

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल २०२४ को उपाधि भिडन्तका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् । खेल साँझ साढे ६ बजेदेखि सुरु हुनेछ ।

यसै खेलको सुरक्षा र व्यवस्थित वातावरणलाई मध्यनजर गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले रंगशालामा लैजान नहुने सामग्रीहरूको सूची सार्वजनिक गरेको छ ।

एन्फाका अनुसार बन्दुक, छुरा तथा अन्य धारिला र घातक हतियार, धुम्रपान र आगो बाल्ने सामग्री, चुरोट, लाइटर, सलाइ आदिमा प्रतिबन्ध, मादक पदार्थ, ठूला झोला, साना झोलाहरू मात्र जाँचपछि अनुमति दिइनेछ, तर ठूला झोलालाई निषेध गरिएको छ ।

साथै, सुरक्षात्मक उपकरण हेल्मेट र यस्तै सुरक्षा सामग्री निषेध गरिएको छ भने अनुमति बिना झण्डा, ब्यानर, पोस्टर आदि प्रचार सामाग्री पनि खेल हेर्न जाँदा लैजान पाइने छैन ।

पानीको बोतल, क्यान, पत्थर, धातुका मुद्रा (सिक्का) आदिमा कडाई गरिने छ भने खेलाडी वा रेफ्रीलाई लक्षित गर्ने लेजर लाइट,कुनै पनि प्रकारका लागू औषधहरू र छाता, लिपस्टिक, नेल कटर, कैँची आदिलाई पनि निषेध गरिएको छ ।

नेपाल र भारतबीचको सेमिफाइनलमा अत्याधिक दर्शक उपस्थित भएपछि सुरक्षालाई लिएर एन्फा सजग भएको हो । सो खेलमा दर्शकहरुले पानीका बोतल मैदानमा फाल्दा केही बेर खेल नै अवरुद्ध भएको थियो ।