५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला च्याम्पियनसिपको फाइनलमा यी सामान बोकेर जान नपाइने



अ+ अ-

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल २०२४ को उपाधि भिडन्तका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् । खेल साँझ साढे ६ बजेदेखि सुरु हुनेछ ।

यसै खेलको सुरक्षा र व्यवस्थित वातावरणलाई मध्यनजर गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले रंगशालामा लैजान नहुने सामग्रीहरूको सूची सार्वजनिक गरेको छ ।

एन्फाका अनुसार बन्दुक, छुरा तथा अन्य धारिला र घातक हतियार, धुम्रपान र आगो बाल्ने सामग्री, चुरोट, लाइटर, सलाइ आदिमा प्रतिबन्ध, मादक पदार्थ, ठूला झोला, साना झोलाहरू मात्र जाँचपछि अनुमति दिइनेछ, तर ठूला झोलालाई निषेध गरिएको छ ।

साथै, सुरक्षात्मक उपकरण हेल्मेट र यस्तै सुरक्षा सामग्री निषेध गरिएको छ भने अनुमति बिना झण्डा, ब्यानर, पोस्टर आदि प्रचार सामाग्री पनि खेल हेर्न जाँदा लैजान पाइने छैन ।

पानीको बोतल, क्यान, पत्थर, धातुका मुद्रा (सिक्का) आदिमा कडाई गरिने छ भने खेलाडी वा रेफ्रीलाई लक्षित गर्ने लेजर लाइट,कुनै पनि प्रकारका लागू औषधहरू र छाता, लिपस्टिक, नेल कटर, कैँची आदिलाई पनि निषेध गरिएको छ ।

नेपाल र भारतबीचको सेमिफाइनलमा अत्याधिक दर्शक उपस्थित भएपछि सुरक्षालाई लिएर एन्फा सजग भएको हो । सो खेलमा दर्शकहरुले पानीका बोतल मैदानमा फाल्दा केही बेर खेल नै अवरुद्ध भएको थियो ।