३१ जेष्ठ २०८३, आईतवार
,
Latest
युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषकलाई प्रविधिमैत्री बनाउँदै नलगाड



अ+ अ-

जाजरकोट । नलगाड नगरपालिकाले कृषकलाई प्रविधिमैत्री बनाउन अभियान थालेको छ । नगरभित्र रहेका कृषकको मागका आधारमा विभिन्न औजार तथा उपकरण वितरण कार्य शुरु गरिएको छ । सबै वडामा सडक सञ्जाल जोडेर उत्पादित वस्तु बजारीकरण गर्ने लक्ष्य लिएको नगरपालिकाले अब कृषकको हातमा आधुनिक उपकरण वितरण गरी कामलाई छिटोछरितो बनाउन लागेको हो । नगरपालिकाले चार वटा हात्ते ट्र्याक्टर, छ थ्रेसर पाइडिल मेशिन, सात वटा मकै छोडाउने मेशिन, ३० कृषकलाई बेमौसमी तरकारीबाली उत्पादन लागि आवश्यक पर्ने कृषि सामग्री उपलब्ध गराउन लागिएको छ । त्यस्तै २० क्विन्टल गहुँको बीउ, ४५ क्विन्टल आलुको बीउ, ६०० कीट तरकारी बीउ वितरण गरिएको नलगाड नगरपालिका कृषि शाखाका प्रमुख बालकृष्ण आचार्यले जानकारी दिए । सबै वडामा माटो सुहाउँदो तथा उत्पादन दर हेरेर पकेट क्षेत्र बनाएको नगरले सोहीअनुसार कार्यक्रम सञ्चालन गरेको छ । पकेट क्षेत्रलाई व्यवस्थित गरेर अगाडि बढिरहेको नगरप्रवक्ता राममाया हमालले जानकारी दिए । 

त्यस्तै भेरी नगरपालिकाले २० क्विन्टल गहुँको बीउ (खाने गहुँ उत्पादनका लागि), चार क्विन्टल मूल बीउ र चार क्विन्टल प्रमाणित बीउ वितरण गरेको छ । नगरपालिकाले वडा नं ३ को होलु, स्याला र वडा नं ७ को  पुन्मा गहुँको पकेट क्षेत्र तथा वडा १ र १० मा गहुँको  बीउ उत्पादनका लागि पकेट क्षेत्र बनाएर काम गरिरहेको छ । अन्य बीउ २, ११, १२, ८, ४ वडामा वितरण गरिएको छ । पचास प्रतिशत अनुदानमा तरकारीको बीउ वितरण गरिएको छ । मटेला, कास्तारा, इवर, कालेगाउँ, पिपे, रिसाङ र बोहोरामा तरकारीको बीउ वितरण गरिएको छ । काउली बन्दा, टमाटर, गाजर, रायो, मुला र प्याजको बीउ वितरण गरिएको कृषि शाखाका यज्ञ अधिकारीले जानकारी दिए । 

भेरी नगरपालिकाले बीउ उत्पादनमा जोड दिएकोसमेत उनले बताए । विषादी प्रयोग बढी भएको ठाउँमा जैविक मल वितरण गर्न लागिएको छ । जैविक उत्पादनलाई जोड दिने नगरको नीतिअनुसार फलफूल, ओखर सुन्तला र कागती बिरुवा लगाउने अभियानसमेत रहेको छ । 




भर्खरै