१४ श्रावण २०८३, बिहीबार
,
Latest
सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयलाई मन्त्री सिता बादीको निर्देशन शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन, थप ४ पालिकामा पुग्यो नापी–मालपोत सेवा प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ देशवासीका नाममा सम्बोधन गर्ने काठमाडौं महानगरसँग ऊर्जा मन्त्रालयको सहकार्य प्रस्ताव, सौर्य ऊर्जा र ‘वेस्ट टु इनर्जी’ परियोजनामा जोड देवानगञ्ज घटनाप्रति एमाले अध्यक्ष ओलीको चिन्ता, संयम र संवादमार्फत समाधान खोज्न आग्रह वीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञा, भेला–जुलुस र प्रदर्शनमा रोक सुनसरी जाँदै गृहमन्त्री गुरुङ, झडपमा ज्यान गुमाएका मेहता परिवारसँग भेट्ने मधेस प्रदेशको वर्तमान परिस्थितिबारे कोशी र मधेसका सांसदसँग रास्वपा सभापति रवि लामिछानेको छलफल आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँको सयपत्री कतार निर्यात



अ+ अ-

तनहुँ । आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ । पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका एक सय ५० किलो सयपत्री दोहा पठाइएको हो ।

कृषि प्राविधिकले ग्रेडिङ गरेपछि फूल निर्यात गरिएको याञ्चोकटार महिलाहरुलाई फूल टिप्न व्यस्त छन् । समूहकी अध्यक्ष सुन्तली गुरुङसहित समूहमा आबद्ध ७० जना महिला माला गाँस्न व्यस्त हुनुहुन्छ । समूहले गतवर्षदेखि सयपत्री कतार निकासी गर्न थालेको हो । गतवर्ष दुई लाख पचास बराबरको सयपत्री निकासी गरिएको जानकारी दिँदै अध्यक्ष गुरुङले यो वर्ष रु ८ लाख बराबरको फूल निर्यात गर्ने लक्ष्य रहेको बताउनुभयो ।

आँधीमूल महिला समूह र याञ्चोक महिला समूह एकआपसमा गाभिएर फूलखेती प्रारम्भ भएको हो । गाउँपालिकाले ८५ प्रतिशत अनुदानमा बीउ उपलब्ध गराए पछि महिलाहरु व्यावसायिक फूलखेतीतर्फ आकर्षित भएका आँबुखैरेनी गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो ।

समूहले उत्पादन गरेका फूलको बजार व्यवस्थापनमा गाउँपालिका कार्यालयले सहजीकरण गर्दै आएको छ । “आज र भोलि आँबुखैरेनी गाउँपालिकाभित्रका १२ स्थानमा बिक्री स्थल बनाइनेछ”, महिला सशक्तीकरण पालिकाको प्राथमिकता भएको बताउँदै उहाँले भन्नुभयो “केही माला तयार गरी कोल्डस्टोरमा राखिएको छ ।” फूलखेतीबाट समूहमा आबद्ध महिला आर्थिक रूपमा पनि सक्षम भएका छन् । रासस




भर्खरै