१४ कार्तिक २०८१, बुधबार
,
Latest
तिहारमा दाजुभाइलाई स्वस्थ उपहार साफ महिला च्याम्पियनसिप टिकट विवादः माउन्ट एभरेस्टद्धारा रिट दायर संविधान संशोधन सबैको सहमतिमा हुन्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मनाइयो काग तिहार कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन साफ महिला च्याम्पियनसिप फाइनलको टिकट ‘सोल्डआउट’  देश किन र कसरी डुब्यो, हेर्न मन भए सिंहदरबार वैद्यखाना हेरे पुग्छ: बालेन साह काठमाडौँ महानगरले साफ महिला च्याम्पियनसिप फाइनलको प्रत्यक्ष प्रशारण देखाउने न्युजिल्याण्डका कुगेलेइन सुदूरपश्चिम रोयल्समा अनुबन्धित नारायणगढ–बुटवल सडक बिस्तारको काम तीन महिनामा सम्पन्न नगरे ठेक्का तोड्ने सरकारको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवागढी–केरुङ राजमार्गबाट आयात सुरु



फाईल फोटो
अ+ अ-

रसुवा । रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु भएको छ । हालैको भीषण वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि खुलेसँगै आयात पनि प्रारम्भ भएको हो ।

मङ्गलबार चार कन्टेनर स्याउ, दुई कन्टेनर नस्पाति र तीन कन्टेर ओखर यो मार्गबाट आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । केरुङबाट ७६ वटा मालवाहक कन्टेनर मितेरी पुलबाट नेपाल प्रवेश गरेको र नेपाली उत्पादन बोकेको तीनवटा मालवाहक र सामान आयात गर्ने एक गरी ४९ वटा नेपाली कन्टेनर चीनतर्फ गएका छन् ।

राजमार्ग बन्द भई आयात ठप्प हुँदा राजस्व असुली पनि घटेको छ । भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलले रु दुई अर्ब ५० करोड राजस्वमा ह्रास आएको जानकारी दिनुभयो । रासस