• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा राप्रपाको जोड ★   हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग ★   सन्दीपलाई मेरिना इम्पेक्सको सुट

बुधबार नेप्से परिसूचक ३८.३५ अंकले ओरालो



काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ३८.३५ अंकले घटेर २ हजार ८९८.३१ विन्दुमा झरेको छ । 

सेन्सेटिभ इन्डेक्स पनि ७.८१ अंकले घटेको छ । आज कारोबारमा आएका २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार ८ अर्ब बढीको शेयर कारोबार भएकोमा बुधबार ६ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ ।

बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचकमा गिरावट आएको  छ । जसमा व्यापार उपसमूह, फाइनान्स उपसमूह, विकास बैंक उपसमूहको सूचक भारी अंकले गिरावट आएको  छ । आज कारोबारमा आएको बुद्धभूमि हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ । सामलिङ्ग पावरको ९.९६ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ४.२९ प्रतिशत र सेञ्चुरी बैंकको २.७९ प्रतिशतले बढेको छ ।

त्यस्तै, यता घलेम्दी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ४.३४ प्रतिशतले घटेको छ । कालिका लघुवित्तको ४.२३ प्रतिशत, मध्य भोटेकोशी हाइड्रोपावरको ३.८३ प्रतिशत र गुह्वेश्वरी फाइनान्सको ३.६७ प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा अपि पावरको सबैभन्दा धेरै २० करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अन्य अरुण भ्याली हाइड्रोपावरको २० करोड, ७ लाख, जलविद्युत लगानी तथा विकास कम्पनीको १५ करोड ३१ लाख, अपर तामाकोशीको १५ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।