११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विद्यार्थीको स्वास्थ्य र शिक्षासम्बन्धी अधिकारप्रति संवेदनशील बन’



अ+ अ-

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेश्नल कलेजमा विद्यार्थीहरुबाट भएको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप हुँदा १ जना विद्यार्थी घाइते भएको र ११ जनालाई नियन्त्रणमा लिइएको घटनाप्रति ध्यानाकर्षण गराएको छ । 

बुधबार विज्ञप्ती जारी गर्दै आयोगले घटनाका सम्बन्धमा आयोगको टोलीले अनुगमन गरेको र अनुगमनको क्रममा कोरोना सङ्क्रमणको दर तीव्र गतिमा फैलिरहेको अवस्थामा नागरिकको जीवनको रक्षा गर्नु राज्यको दायित्व भएको भन्दै ध्यानाकर्षण गराएको हो । 

‘तीव्ररुपमा फैलिरहेको कोरोना महामारीबाट नागरिकको स्वास्थ्यमा पर्नसक्ने जोखिमलाई मध्येनजर गर्दै स्वास्थ्यसम्बन्धी मापदण्डहरुको पूर्ण पालना गर्न, गराउन र परीक्षा सञ्चालनमा वैकल्पिक उपायहरु अपनाई नागरिकको स्वास्थ्य सम्बन्धी अधिकारमा संवेदनशील हुन आयोग नेपाल सरकार, विश्वविद्यालय तथा सम्बद्ध सबै निकायलाई आग्रह गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ । 

यो पनिः परीक्षामा कोरोना संक्रमितलाई पनि सँगै राखेपछि कान्तिपुर कलेजमा तनाव