९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सरकारद्वारा समस्याग्रस्त सहकारी संस्थाका वचतकर्ताको डेढ अर्ब बढी रकम फिर्ता

सरकारद्वारा समस्याग्रस्त सहकारी संस्थाका वचतकर्ताको डेढ अर्ब बढी रकम फिर्ता
अ अ+ अ-

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारी संस्थाका वचतकर्ताको १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रकम फिर्ता गरेको छ ।

भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयले मंगलवार अपरान्ह पत्रकार सम्मेलनगरी सो जानकारी गराएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले एक लाख भन्दा कम वचत भएकाहरुको पूरै चुक्ता गरिएको र सो भन्दा बढी भएका ४३८ जनालाई पनि दामासाहीले राहत दिने काम गरिएको स्पष्ट पार्नुभयो । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत सरकारले वचतकर्ताको रकम फिर्ता गर्ने काम गरेको हो । मन्त्री अधिकारीले मागदाबी गर्ने वचतकर्ताहरुको संख्या ६ हजार ५९३ जनाको रकम चुक्ता गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हालसम्म यो मागदावी गर्दै दुई वटा मिलाएर टोटलमा ६ हजार १५५ जनाको पुरै चुक्ता आजको मितिबाट पूरै चुक्ता भएको जानकारी गराउँछौं । आज हामीले उहाँहरुको खाता नम्बर राखेका छौ । त्यही खातामा पठाउने काम हुन्छ । आज, भोली र पर्सीसम्म त्यो पठाउने काम हुन्छ । र, त्यो टोटल रकम १ अर्व, ४८ करोड, ५१ लाख ३७ हजार ७१५ हुन आउँछ । यति हामीले वितरण गरेको अवस्था छ । यो चाँही पूरै चुक्ता भएको हो । यो एक लाख भन्दा मुनिको रकम पर्छ । अव धेरै भएको तर सबै दिने अवस्था नरहेको ४३८ जना हामीले बाँडेका छौं । त्यो मध्ये ३ करोड १ लाख ९९ हजार १८४ रकम छ । यसरी टोटलमा अहिले केही राहत पाउने, केही पुरै चुक्ता हुने गरेर ६ हजार ५९३ संख्या भएको छ । र, १ अर्व ५१ करोड ५३ लाख ३६ हजार ८९९ रकम वितरण भएको अवस्था म यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।’

सरकारी तथ्यांकअनुसार मागदावी गर्ने वचतकर्ता ६२ हजार ७६० रहेका छन् । उनीहरुमध्ये ६५९३ जनाको वचत रकम फिर्ता गरिएको छ । अव बाँकि ५६ हजार ६०५ जनाको वचत रकम सम्बन्धित सहकारीको पूँजी, भौतिक सम्पती, लगानी गरेको ऋण असुलीको माध्यामबाट फिर्ता गराईने पनि मन्त्रालयले जनाएको छ । मन्त्री अधिकारीले सम्बन्धित सहकारीबाटै ती रकमहरु असुलगरी बचतकर्तालाई दिने गरी काम अघि बढाइएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब अघि मैले भनेको ६२ हजार ७ सय ६० माग दाबी मध्ये हामीले ६ हजार ५९३ दिईसकेपछि अब ५६ हजार ६०५ बाँकि हुनुहुन्छ । यिनलाई हामी जुन सहकारी हो, त्यसैको पूँजी, भौतिक सम्पत्ति, उनीहरुले लगानी गरेको ऋण असुली यो ३ वटा प्रक्रियाबाट हामी जम्मा गर्छौ । त्यो जम्मा भएको रकम वितरण गर्दै जान्छौं ।’

मन्त्री अधिकारीले सहकारीका दोषी सबैलाई कारबाहीको दायरामा ल्याउने गरी सरकारले सहकारी सम्बन्धि ऐन संशोधन गर्न लागिएको पनि दोहोर्याउनु भयो ।