९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

चालु आर्थिक वर्षमा १२ प्रतिशत कर्जा वृद्धि हुने अवस्था छैनः डेपुटी गभर्नर मिश्र

चालु आर्थिक वर्षमा १२ प्रतिशत कर्जा वृद्धि हुने अवस्था छैनः डेपुटी गभर्नर मिश्र
अ अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर बमबहादुर मिश्रले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा वृद्धि हुने अवस्था नदेखिएको बताउनुभएको छ ।

सोमवार काठमाडौँमा नेपाल राष्ट्र बैंकले आयोजना गरेको दशैँ, तिहार, छठलगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो ।

उहाँले अहिले बैंक तथा वित्तीय संस्थाहरुको पहिलो त्रैमासिकको तथ्याङ्कअनुसार मौद्रिक नीतिमा उल्लेख भएअनुसार कर्जा वृद्धि हुने अवस्था नदेखिएको बताउनु भयो । उहाँले पछिल्लो समय बैंकहरुको एनपीए वृद्धि हुँदै जानु गम्भिर विषय भएको उल्लेख गर्नुभयो । उहाँले व्यवसायीहरुको मनोबल कमजोर हुँदा लगानी हुन नसकेको बताउनु भयो ।

उहाँले साढे ११ र १२ प्रतिशत (६५४ अर्ब) को कर्जा प्रवाह गर्ने मौद्रिक नीतिमा उल्लेख भएपनि पहिलो त्रैमासिकको परिणाम हेर्दा १२ प्रतिशत कर्जा बिस्तार हुनसक्ने नदेखिएको जानकारी दिनुभयो । उहाँले सरकारले बजेटमा परिकल्पना गरेको ६ प्रतिशतको आर्थिक वृद्धि हुन ६५४ अर्बको कर्जा प्रवाह गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिले बैंक तथा वित्तीय संस्थाहरुको पहिलो त्रैमासिकको ब्यालेन्ससिट प्रकाशित भएको छ । बैंकहरुको एनपीए वृद्धि भएको छ । कसरी वृद्धि भयो त्यो विषयमा गम्भिर हुन जरुरी छ । विजनेश कन्फिडेन्ट कमजोर भएको अवस्था छ । लगानी भइरहेको छैन । कर्जा वृद्धि भइरहेको छैन । साढे ११ र १२ प्रतिशत भनेर ६५४ अर्बको कर्जा बढाउँछौं भनेर मौद्रिक नीतिमा लेख्यौं । पहिलो त्रैमासिकको परिणाम हेर्दा १२ प्रतिशत कर्जा बिस्तार नहुने देखिएको छ ।

सरकारले बजेटमा परिकल्पना गरेको ६ प्रतिशतको आर्थिक वृद्धि हुन ६५४ अर्बको कर्जा प्रवाह गर्नु पर्ने अवस्था भएपनि नहुने अवस्था देखिन्छ । यो नहुनुमा स्थानीय,राष्ट्रिय अन्तर्राष्ट्रिय,सप्लाई चेन,उपभोताको मागमा कमी भएको अवस्थाको कारणले नेपालका व्यवसायीहरुले लगानी गर्न सकिरहेका छैनन् । राष्ट्र बैंकले वित्तीय क्षेत्र स्थायीत्वको लागि महत्वपूर्ण एजेण्डाको रुपमा लिएको छ । त्यसैको कारण विभिन्न ठूला संकट आउँदा पनि वित्तीय क्षेत्रलाई सवल बनाइ राख्न सफल भएका छौं ।’

उहाँले स्थानीय,राष्ट्रिय अन्तर्राष्ट्रिय,सप्लाई चेन,उपभोक्ताको मागमा कमी भएका कारणले नेपालका व्यवसायीहरुले लगानी गर्न नसकेको बताउनु भयो ।