३१ असार २०८३, बुधबार
,
Latest
प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ अनुमोदित किसानलाई सावधानी अपनाउन आग्रह राष्ट्रिय सुरक्षा र कूटनीतिक सम्बन्धमा असर पार्ने चलचित्रलाई प्रदर्शन अनुमति नदिइने प्रदेशका प्रत्येक अस्पतालमा मानसिक रोग विशेषज्ञ चिकित्सकको व्यवस्था गर्छाैंः मुख्यमन्त्री यादव पुँजीबजारः ३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित कुखुरापालक किसानलाई ५० करोड राहत सुदूरपश्चिम एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त नेप्से परिसूचक १४ अङ्कले बढ्यो राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैरआवासीय नेपालीलाई खेलकुद सद्भावना दुत बनाउने तयारीमा छौँः खेलकुदमन्त्री चौधरी



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले गैरआवासीय नेपालीलाई खेलकुद सद्भावना दुत बनाउने तयारी गरिरहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निकट भविष्यमै खेलकुद सद्भावना दुत गैरआवासीय नेपालीलाई बनाउनका मन्त्री परिषद्मा प्रश्ताव लैजाने कोशिस गरिरहेको बताउनु भयो ।

उहाँले नेपालको खेलकुद क्षेत्रको विकासका लागि लगानी गर्न गैरआवासीय नेपालीहरुसँग आह्वान गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला बनाउन जग्गाको खोजि भइरहेको तर नपाएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘निकट भविष्यमा खेलकुद सद्भावना दुत हामीेले एनआरएनए नै राख्ने कोशिस गरिरहेका छौँ । चाँडो भन्दा चाँडो मन्त्रीपरिषद्बाट जाँदैछ । खेलकुद दुत भनेर हामी राख्न कोशिस गरिरहेका छौँ । हिजो मात्रै फुटबलको साफको महिला गेम भारतसँग भएको थियो ।

नेपालीले दुःखसुखका साथ संघर्षका साथ विजय प्राप्त भयो । त्यहाँको भौतिक पूर्वाधार हेर्दा त्यहाँ अट्ने नअट्ने दर्शहरुको धेरै महशुस गरेका थियौँ । हामीले व्यापक रुपमा जग्गा खोजि गरिरहेका छौँ । फिफाले व्यापक लगानीको कोशिस गरिरहेको छ तर हामीले अहिलेसम्म जग्गा प्राप्त गर्न सकेका छैनौँ । हामीसँग भलिबलको मन्टीपल्पस बिल्डिङहरु छैन ।’

खेलकुदमन्त्री चौधरीले युवा नीति तयार गरी कानून र अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिनुभयो ।