२१ मंसिर २०८२, आईतवार
,
Latest
नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवादित भिडियो सार्वजनिक भएपछि बेलायती लेबर पार्टीका सांसद निलम्बित



अ+ अ-

एजेन्सी । बेलायतको सत्तारूढ लेबर पार्टीले विवादित भिडियो सार्वजनिक भएपछि आफ्ना एक सांसदलाई निलम्बन गरेको छ । भिडियो फुटेजमा सांसदले एक व्यक्तिलाई मुक्का हानी आक्रमण गरेको देखाइएको थियो ।

मेल अनलाइनले हिंसात्मक घटनाको भिडियो प्रकाशित गरेपछि सांसद माइक एमेसबरीलाई ‘अनुसन्धानका लागि’ निलम्बन गरिएको पार्टीले जनाएको छ । विवादमा तानिएका सांसदले उत्तरपश्चिम इङ्ल्यान्डको संसदीय सिटको प्रतिनिधित्व गरिरहेको पार्टीले जनाएको छ । शनिबार बिहान भएको घटनाको सम्बन्धमा सावधानीका साथ विवादित सांसदसँग स्वतन्त्र रूपमा सोधपुछ गरिएको प्रहरीले पुष्टि गरेको छ ।

चेशायर प्रहरीले फ्रडसाम सहरमा भएको आक्रमणको रिपोर्टमा अधिकारीहरूलाई बोलाइ ‘थप सोधपुछ’ जारी रहेको जनाएको छ ।

जुलाईमा बेलायतमा सत्तामा गएकोे लेबर पार्टीका प्रवक्ताले सांसद माइक एमेसबरीले घटनापछि चेशायर प्रहरीलाई सोधपुछमा सहयोग गर्दै आएको जनाउनु भएको छ । उहाँका अनुसार हाल सोधपुछ चलिरहेकाले लेबर पार्टीले प्रशासनिक रूपमा एमेसबरीको लेबर पार्टीको सदस्यता निलम्बन गरेको हो ।“

एमेसबरीले बयानमा सोधपुछमा सहयोग गर्दै समुदायका लागि खुला र पहुँच योग्य सांसद रहन कटिबद्ध रहने बताउँदै साथीहरूसँग साँझमा बाहिर निस्किँदा सडकमा खतरा महसुस गरेपछि उक्त घटना भएको उल्लेख गर्नुभएको छ ।