४ भाद्र २०८३, बिहीबार
,
Latest
ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा विभागको बेवास्ता चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–२: नेपाल अमेरिकासँग पराजित



अ+ अ-

काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ ।

केहीबेरअघि सम्पन्न खेलमा नेपाल तीन विकेटले पराजित भएको हो ।

नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ४९।४ ओभरमा २ बल बाकी छ्दा ७ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि शायन जहाङ्गिरले शतकिय पारी खेले । उनले ९७ बलमा १०४ रनको योगदान दिए ।

यस्तै कप्तान मोनाङ्क पटेलले ६२, हरमीत सिंहले ५७, शाड्ली भान स्कालकिकले अविजित २९ रन जोडे ।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले ४, सोमपाल कामीले २ तथा ललित राजवंशीले १ विकेट लिए ।

त्यसअघि अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा १० विकेट गुमाएर २८६ रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडलले शानदार प्रदर्शन गरेपनि नेपालको हार टार्न सकेनन् । उनले ७५ बलमा ९६ रन बनाए । सोही क्रममा उनले तीन छक्का र ८ चौका प्रहार गरे ।

नेपालका लागि अनिल साहले ६२ बलमा ५६ रन बनाए । उनले ५ चौका प्रहार गरे । यस्तै आशिफ शेखले ५३ बलमा ५२ रन बनाए । सो क्रममा उनले एक छक्का र ७ चौका प्रहार गरे ।

कुशल भुर्तेलले २८ बलमा ११ रन, आरिफ सेखले एक छक्का र दुई चौका प्रहार गर्दै ४५ बलमा ३७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १७ बलमा १३ रन, गुल्सन झाले ३ बलमा एक रन, सोमपाल कामीले चार बलमा दुई रन, सन्दीप लामिछानेले ११ बलमा ५ रन र करण केसीले तीन बलमा तीन रन बनाएर आउट भए ।

ललित राजवंशीले एक बलमा एक रन बनाए । अमेरिकाका लागि नोसथुस केन्जिगेले सर्वाधिक चार विकेट लिए । उनले ५२ रन खर्चिए । सौरभ नेत्रावलकरले ६३ रन खर्चिदैँ दुई विकेट लिए । जसदीप सिंह, हरमित सिंह र स्याड्ली भान श्यालवाएकले समान एकएक विकेट लिए । जसदीपले ६४ रन, हरमितले ४६ र स्याड्ली भान श्यालवाएकले ५७ रन खर्चिएका हुन् ।

नेपालले अतिरिक्त नौ रन पाएको हो । नेपालले दोस्रो खेल मङ्गलबार स्कटल्याण्डसँग खेल्नेछ । लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई)सम्मिलित छन् ।