४ पुष २०८२, शुक्रबार
,
Latest
राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला च्याम्पियनसिप: नेपाल १० खेलाडीमा सीमित, भारतको अग्रता, नेपालको गोल अन्योलमा



अ+ अ-

काठमाडौँ: साफ माहिला च्याम्पियनसिप–२०२४ अन्तर्गत अहिले नेपाल र भारतबीच सेमिफाइनल खेल भइरहेको छ ।

भारतले खेलको ७१औं मिनेटमा भारतले गोल गर्दै अग्रता लिएको छ ।  त्यसलगत्तै नेपालले पनि गोल गरेको थियो । नेपालकी प्रिति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिएपनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता नपाए पछि बिबाद भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मध्यान्तरपछिको खेलमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाएपछि मैदान छोड्नु परेको छ । खेलको ५१औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि उनले मैदान छोड्नु परेको हो । नेपाल अहिले १० खेलाडीमा सीमित बनेको छ ।

रेखाले रातो कार्ड पाएपछि नेपाली दर्शकहरुले केहीबेर नाराबाजी गरेका थिए । तनावका कारण अहिले खेल रोकिएको छ । यसअघि दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए ।

निर्धारित ४५ मिनेट तथा अतिरिक्त तीन मिनेटको समयमा पनि नेपाल र भारतले गोल गर्न सकेन । पहिलो हाफमा भारतले नेपालमाथि दबाब बनाइराख्दा नेपाल गोल गर्नबाट चुक्यो । नेपाल र भारत दुवैले केही उत्कृष्ट अवसर प्राप्त गरेपनि गोल गर्न भने सकेनन् ।

नेपालले समूह ‘बी’को विजेताका रुपमा सेमिफाइनलमा भारतसँग खेल्ने तय गरेको हो । भारत समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

दशरथ रङ्गशालामा नै आज दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलअन्तरले पराजित गर्दै फाइनलका लागि स्थान बनाएको छ ।