२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब रणवीरले एउटा दृश्यका लागि ३७ टेक दिए



अ+ अ-

एजेन्सी । फिल्ममेकर लव रञ्जनले फिल्म ‘तू झुठी मै मक्कर’को एउटा दृश्यका लागि रणवीर कपूरले ३७ टेक दिएको खुलासा गरेका छन् ।

यसपछि पनि रणवीरले रञ्जन शटबाट खुसी नभएको खण्डमा थप शट दिन तयार भएका थिए ।

लव रञ्जनले यो पनि खुलासा गरे कि उनी सुरुमा रणवीर र अजय देवगनसँग फिल्म बनाउन चाहन्थे । जब त्यो फिल्म बन्न सकेन तब उनले रणवीरसँग मिलेर फिल्म ‘तू झुठी मै मक्कर’ बनाए ।

रञ्जनले रणवीरको काम र समर्पणको प्रशंसा गरे । उनले भने, ‘फिल्म बनाउँदा धेरै पटक धेरै रोचक कुराहरु हुन्छन् । एउटा किस्सा छ, छायांकनको तेस्रो दिन थियो । हामीले रणवीरको ३७ टेक लियौं ।

३७ टेक दिएपछि पनि मकहाँ आउँदै रणवीरले यदि शतप्रतिशत खुसी छैन भने ३७ वटा लिइसकेकाले ठीक छ भन्ने नठानेर यसलाई अर्को टेक दिन तयार थिए ।’

फिल्म ‘तू झुठी मैं मक्कर’लाई लव रञ्जनले निर्देशन गरेका थिए । यो फिल्ममा रणबीर कपुर, श्रद्धा कपुर, बोनी कपुर र डिम्पल कपाडिया जस्ता ठूला सेलिब्रेटीहरू थिए । २०० करोडको बजेटमा बनेको यो फिल्मले विश्वभर २२३ करोड कमाएको थियो ।