२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब रणवीरले एउटा दृश्यका लागि ३७ टेक दिए



अ+ अ-

एजेन्सी । फिल्ममेकर लव रञ्जनले फिल्म ‘तू झुठी मै मक्कर’को एउटा दृश्यका लागि रणवीर कपूरले ३७ टेक दिएको खुलासा गरेका छन् ।

यसपछि पनि रणवीरले रञ्जन शटबाट खुसी नभएको खण्डमा थप शट दिन तयार भएका थिए ।

लव रञ्जनले यो पनि खुलासा गरे कि उनी सुरुमा रणवीर र अजय देवगनसँग फिल्म बनाउन चाहन्थे । जब त्यो फिल्म बन्न सकेन तब उनले रणवीरसँग मिलेर फिल्म ‘तू झुठी मै मक्कर’ बनाए ।

रञ्जनले रणवीरको काम र समर्पणको प्रशंसा गरे । उनले भने, ‘फिल्म बनाउँदा धेरै पटक धेरै रोचक कुराहरु हुन्छन् । एउटा किस्सा छ, छायांकनको तेस्रो दिन थियो । हामीले रणवीरको ३७ टेक लियौं ।

३७ टेक दिएपछि पनि मकहाँ आउँदै रणवीरले यदि शतप्रतिशत खुसी छैन भने ३७ वटा लिइसकेकाले ठीक छ भन्ने नठानेर यसलाई अर्को टेक दिन तयार थिए ।’

फिल्म ‘तू झुठी मैं मक्कर’लाई लव रञ्जनले निर्देशन गरेका थिए । यो फिल्ममा रणबीर कपुर, श्रद्धा कपुर, बोनी कपुर र डिम्पल कपाडिया जस्ता ठूला सेलिब्रेटीहरू थिए । २०० करोडको बजेटमा बनेको यो फिल्मले विश्वभर २२३ करोड कमाएको थियो ।