१२ श्रावण २०८३, मंगलवार
,
Latest
उद्योगी शेखर गोल्छा १ करोड धरौटीमा रिहा कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी भारतद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेबलटेनिसमा नेपालले साउदीलाई हरायो



अ+ अ-

कात्तिक । बहराइनको मानामामा जारी आईएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले महिला टिम इभेन्टमा साउदी अरबियालाई पराजित गरेको छ ।

बहराइन नेसनल स्टेडियास्थित इसा स्पोर्ट्स सिटीे हल ‘बी’ मा ९ देखि १३ औं स्थानका लागि भएको प्रतिस्पर्धामा नेपालले साउदी अरबियालाई ४–१ ले पराजित गर्यो । जितसंगै नेपालले सोमबार ९ देखि ११ औं स्थानका लागि युगान्डा वानसंग खेल्ने छ । यो खेल जितेमा नेपालले पुनः ९ देखि १० औं स्थानका लागि खेल्ने अवसर पाउने छ । नतिजा अनुकुल नआएमा नेपाल ११ औं स्थानमा रहने छ ।

महिला टिम इभेन्टमा नेपालले समूह चरणमा इङल्यान्ड, अजरवैजान, इटाली र चाइनिज ताइपेईंसंग प्रतिस्पर्धा गरेको थियो । नेपाल इङल्यान्डसंग ४–३, अजरवैजानसंग ५–२, इटालीसंग ५–२ र चाइनिज ताइपेईंसंग ७–० ले पराजित भएको थियो । महिला टिममा नेपालबाट इभाना थापा, वियंका राई, माल्सा नेपाल र विद्विसा मैनालीले खेली रहेका छन् ।

महिलामा नेपालले सिंगल्स स्पर्धामा पनि प्रतिस्पर्धा गर्ने छ । पुरुषमा जेविश बुर्लाकोटी र आशिष महताले पनि सिंगल्समा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।