११ कार्तिक २०८१, आईतवार
,
Latest
जीवनलाई सहज र सरल बनाउन एआइको उपयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली कालीगण्डकीमा पक्की पुल निर्माण सम्पन्न एक वर्षमा दुई पटक फल्यो बझाङी स्याउ जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र हुँदैछ: नेता निधि साफ महिला च्याम्पियनसिपः भुटानविरुद्ध पहिलो हाफमै बंगलादेश ५–१ ले अघि ट्रम्पले जित्ने आशामा नेतन्याहू भारतीय एयरलाइन्समा बम पड्काउने निरन्तरका चेतावनीपछि प्रशासनद्वारा कारबाहीको चेतावनी मादल बेच्ने चटारो, संरक्षण गर्न व्यवसायीको माग सहकारी नियमनका लागि सरकार नियन्त्रित प्राधिकरण गठन हुन्छः मन्त्री अधिकारी ४२ हजार रुपैयाँ लिएर मुम्बई आएका थिए पंकज त्रिपाठी
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित



अ+ अ-

बागमती । स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

प्राकृतिक फूल प्रयोग गर्न आग्रह गर्दै पालिकाले प्लाष्टिकका फूलको प्रयोगले वातावरणका साथै माटोमा पनि असर हुने भएकाले त्यसमा प्रतिबन्ध लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताउनुभयो ।

स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवं प्रवर्द्धन गर्नु सबैको दायित्व भएको बताउँदै उहाँले पालिकाको निर्णय विपरीत गर्नेलाई कारबाही हुने चेतावनी दिनुभयो ।