७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग–२ः नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित सिरिज आजदेखि



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय एकदिवसीय सिरिज आज (शुक्रबार) देखि शुरू हुँदैछ ।

उद्घाटन खेलमा आज राति सवा ९ बजे डालासमा घरेलु टोली अमेरिका र स्कटल्यान्डले प्रतिस्पर्धा गर्दैछन् ।

नेपालले पर्सि आइतबार घरेलु टोली अमेरिकासँग खेल्दै लिग–२ सिरिजको शुरुआत गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा आउँदो मङ्गलबार स्कटल्यान्डसँग, तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा यो सिरिजको अन्तिम खेलमा स्कटल्यान्डसँग कात्तिक १९ गते खेल्नेछ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल ८ खेलमा ३ अङ्कसहित तालिकाको सातौं स्थानमा छ । यस्तै अमेरिका ८ खेलमा १२ अङ्कसहित दोस्रो र स्कटल्यान्ड ७ खेलमा ९ अङ्कसहित पाँचौं स्थानमा छ । लिग–२ को शीर्ष स्थानमा रहेको क्यानडाले १२ खेलमा १६ अङ्क जोडेको छ ।