२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्तिक ११–१२ मा एनआरएनए ग्लोवल कन्क्लेभ–२०२४ हुँदै



अ+ अ-

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को वार्षिक साधारण सभा यही कार्तिक ११ र १२ गते काठमाडौंमा हुने भएको छ ।

एनआरएनएले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । एनआरएनए ग्लोवल कन्क्लेभ–२०२४ समेत आयोजना हुने सो सभामा संघ भित्रको असन्तुष्टि पनि सम्बोधन गर्ने मुख्य एजेण्डा तय गरिएको एनआरएनएका अध्यक्ष डा बद्री केसीले बताउनु भयो । संघभित्र रहेका असन्तुष्टिहरुलाई सम्बोधन गर्ने भएकाले सो साधारण सभालाई एकताको साधारण सभाको रुपमा पनि नामाकरण गरिएको उहाँको भनाई थियो ।

अध्यक्ष केसीले भन्नुभयो,‘विधिवत रुपमा संस्थामा केही समस्याहरु छन् भने त्यसमा छलफल गर्ने ठाउँ नै साधारण सभा हो । त्यसकारण पनि यो संस्थामा भएका साथीहरु असन्तुष्ट साथीहरुको लागि पनि, उहाँहरुको के विषयमा असन्तुष्टि हो, विधानको कुन धारामा उहाँहरुको असन्तुष्टि हो, निर्वाचन प्रणालीमा कहाँ असन्तुष्टि हो रु यी सबै विषयमा हामी छलफल गरेर सहमतीमा आउँछौं भन्ने विश्वास लिएका छौँ । त्यसकारण हामीले यसलाई एकताको साधारण सभा पनि भनेका छौं ।’

सो साधारण सभाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने एनआरएनएले जनाएको छ । साधारण सभामा नेपालमा आर्थिक रुपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता र मताधिकार, नेपाली मुलका विदेशी नागरिक, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरण सम्बन्धि विषयमा छलफल हुने एनआरएनएले जनाएको छ ।