९ कार्तिक २०८१, शुक्रबार
,
Latest
कालिकोटमा राप्रपाको आमसभा सम्पन्न, जसपा नेपालका जिल्ला अध्यक्ष राप्रपामा प्रवेश जलवायु परिवर्तनको प्रतिकुल प्रभावले समग्र राष्ट्रको सुरक्षामा असर पार्नेछः प्रधानसेनापति सिग्देल चीनको सहयोगमा ललितपुरको ठाडोढुंगामा नुहाउने घरको निर्माण लिग–२ः नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित सिरिज आजदेखि सडकबाट अवाञ्छित गतिविधि गरी अमनचयनलाई खलल पुर्याउने काम उचित होइनः सत्ता गठबन्धन सरकार परिवर्तनको कुरा निरर्थक र भ्रमपूर्णः गृहमन्त्री लेखक मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु सत्तापक्षीय सात दलद्वारा संयुक्त वक्तव्य जारी (पूर्णपाठ) सहकारी ठगी प्रकरणमा नेचर हर्ब्सका सञ्चालक खनाल पक्राउ सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा रिया चक्रवर्तीलाई ठूलो राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाँदीको गहनासहित रौतहटबाट भारतीय नागरिक पक्राउ



अ+ अ-

रौतहट । मोटरसाइकल प्रयोग गरी अवैध कारोबारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले आज यहाँ पक्राउ गरेको छ ।

भारत विहार प्रदेश सीतामढी जिल्ला असोगी टोलका ६२ वर्षीय चन्देश्वर साह सोनार करिब आठ केजी चाँदीका गहनासहित पक्राउ परेको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।

विआर ३० एफ ६६३५ नम्बरको मोटरसाइकल प्रयोग गरी सीमापारि वैरगनियाबाट नेपालतर्फ आउँदै गरेका साह गौर भन्सार कार्यालय अगाडि पक्राउ परेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ट्याङ्कीमुनि प्लास्टिकमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा प्रहरीले शङ्का लागि जाँच गर्दा पक्राउ परेका साहलाई निजले प्रयोग गरेको मोटरसाइकल, बरामद गरिएको गहनासहित सार्वजनिक गरिएको हो ।

प्रमुखका हैसियतले प्रहरी उपरीक्षक दिलीप घिमिरेको कार्यकालमा जिल्लामा चोरी निकासीसहित अवैध गतिविधि कम भइरहेको भनी सर्वत्र प्रशंसा भइरहेको अवस्थामा अवैध घटनाक्रम दोहोरिन थालेको भनी जिल्लावासीले चिन्ता व्यक्त गर्दै शान्ति सुव्यवस्था सुनिश्चित गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गरेका छन् ।

जिल्लास्थित बङ्कुल, गौर, रामपुरखाप, अरौया, बञ्जराहा, जयनगर र मटियास्थित सीमावर्ती क्षेत्रका सुरक्षाकर्मी एवं भन्सार कर्मचारीलाई छलेर लत्ताकपडा, खाद्यान्न, तरकारी, मासुजन्य पदार्थ, साना तथा मझौलाखालका हातहतियार, पटकालगायत अवैध सामग्री नेपालतर्फ भित्रिने तथा चोरी डकैती गरी अर्को देशतर्फ सुरक्षित हुनखोज्ने गैरकानुनी घटनाक्रम न्यूनीकरण तथा नियन्त्रणका लागि दुवैतर्फका जिम्मेवार अधिकारी, राजनीतिक दल, नागरिक समाजका प्रतिनिधि एवं स्थानीय जनताकाबीच समन्वय, सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिइएको छ । रासस