२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठकका १२ निर्णय सार्वजनिक (सूचीसहित)



अ+ अ-

काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन् । शुक्रबार सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबारको बैठकले गरेका १२ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

बबई सिँचाइ आयोजनाका लागि बर्दियाको गुलरिया नगरपालिकामा खरिब ६५ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता गुरुङले जनाएका छन् । यस्तै, कृषि मन्त्रीको मेक्सिको र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको फिलिपिन्स भ्रमण स्वीकृत भएको छ ।

यसैगरी, जनक शिक्षा सामग्री केन्द्रलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिसा स्टिकर छपाइ गर्न स्वीकृत दिने, नेपाल फार्मेसी परिषद्को सदस्य पदमा डा सभ्यता गौतम र विष्णु प्रदान कँडेललाई मनोनयन गर्ने सचिवमा रघुराम विष्टलाई बढुवा गर्नेलगायतका निर्णय भएको छ ।

यस्तै, सरकारले पाँचथरमा भदौ दोस्रो साता बम विष्फोटमा परी ज्यान गुमाएका दिप्सन साँवा र प्रिन्सा साँवाको परिवारलाई एकाघरको परिवारलाई प्रतिपरिवार बिलबमोजिम बढीमा ५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

यस्तो छ मन्त्रिपरिषद्का निर्णयहरुः

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2024/10/CABINET.pdf”]




भर्खरै