९ कार्तिक २०८१, शुक्रबार
,
Latest
जलवायु परिवर्तनको प्रतिकुल प्रभावले समग्र राष्ट्रको सुरक्षामा असर पार्नेछः प्रधानसेनापति सिग्देल चीनको सहयोगमा ललितपुरको ठाडोढुंगामा नुहाउने घरको निर्माण लिग–२ः नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित सिरिज आजदेखि सडकबाट अवाञ्छित गतिविधि गरी अमनचयनलाई खलल पुर्याउने काम उचित होइनः सत्ता गठबन्धन सरकार परिवर्तनको कुरा निरर्थक र भ्रमपूर्णः गृहमन्त्री लेखक मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु सत्तापक्षीय सात दलद्वारा संयुक्त वक्तव्य जारी (पूर्णपाठ) सहकारी ठगी प्रकरणमा नेचर हर्ब्सका सञ्चालक खनाल पक्राउ सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा रिया चक्रवर्तीलाई ठूलो राहत कार्तिक ११–१२ मा एनआरएनए ग्लोवल कन्क्लेभ–२०२४ हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक करोड ८६ लाखको सामानसहित दुई ट्रक नियन्त्रणमा



file photo
अ+ अ-

वीरगञ्ज । प्रहरीले बिलबिजकभन्दा बढीको खुद्रा तथा औषधि बोकेका दुई ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–८ घण्टाघरबाट रु एक करोड ८६ लाख मूल्य पर्ने खुद्रा तथा औषधि बोकेका ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार सुदूरपश्चिम प्रदेश ०१–००१ ख २६९९ तथा सुदूरपश्चिम ०१–००१ ख २६६१ नम्बरको मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो । बिजबिजकभन्दा बढीका सामान बोकेको आशङ्कमा ट्रक नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । दुवै ट्रक आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बाराको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिनुभयो ।

यसअघि पर्सा प्रहरीले यही कात्तिक ७ गते पनि बिलबिजक नभएको रु एक करोड १४ लाख मूल्य पर्ने लत्ताकपडा तथा औषधि बोकेको ट्रक नियन्त्रणमा लिएको थियो । प्रहरीले वीरगञ्ज महानगरपालिका–८ घण्टाघरचोकबाट ना ३ ख ५१८७ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो । रासस