३१ असार २०८३, बुधबार
,
Latest
मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ भूमिहीन र सुकुमवासीको दिगो व्यवस्थापनबारे छलफल गर्न विपक्षी दलको प्रस्ताव श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन अर्थसम्बन्धी कानून संशोधन विधेयकः सुशासन प्रवर्द्धन हुनेमा सांसदहरूको विश्वास, राजश्व अनुसन्धानको संरचना परिवर्तनप्रति आपत्ति व्यावसायिक लागत घटाउन र कानुनी दोहोरोपना अन्त्य गर्न आधा दर्जन ऐन खारेज गरिँदै सभामुख अर्यालद्वारा सांसदहरूलाई जनस्तरमा पुग्न आग्रह, प्रतिनिधि सभाको बैठक साउन १४ गतेसम्मका लागि स्थगित बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले युएनडीपीसँग विकास सहकार्य चाहेको छ: अर्थमन्त्री गोलभेँडा किसानसँग मन्त्री गिता चौधरीको छलफल, ‘किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य पाउन् भनेर… सरकारद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टी रोड्स



अ+ अ-

काठमाडौँ । क्रिकेट जगतमा उत्कृष्ट फिल्डरको पहिचान बनाएका दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स पोखरा एभेन्जर्समा ३ वर्षको सम्झौतासहित आवद्ध भएका छन् ।

यससँगै उनी नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा जोडिने सबैभन्दा ठूलो विदेशी नाम बनेका छन् ।

एनपीएलको सबैभन्दा महँगो फ्रेन्टाइज टिम पोखरा एभेन्जर्सका सञ्चालक मनोबल श्रेष्ठले पूर्व दक्षिण अफ्रिकी क्रिकेटर रोड्सलाई नेपाल प्रिमियर लिगको लागि आफ्नो टीमको परामर्शदाता र सल्लाहकारका रूपमा नियुक्त गरेका हुन् ।

रोड्सले यसअघि भारतीय क्रिकेटर र कोच सन्दीप पाटिलले सम्हालेको भूमिका अब सम्हाल्नेछन् ।

सञ्चालक श्रेष्ठले भने, ‘उहाँलाई हाम्रो टिममा पाउँदा निकै उत्साहित छौं । उहाँको अनुभवले पोखरा एभेन्जर्सको भविष्यलाई झन् चम्किलो बनाउनेछ । युवाहरूको क्षमतामा वृद्धि गर्न सहयोग पुर्याउनेछ ।’

रोड्स, जसले मुम्बई इन्डियन्स र हाललखनऊ सुपर जायन्ट्ससँग काम गरेका छन् । क्रिकेटमा आफ्नो प्रभावशाली यात्रा उनले जारी राखेका छन् । पोखराको मेन्टरमा नियुक्त भएपछि रोड्सले भने, ‘यस टिममा हुन पाउँदा म उत्साहित छु । अब म मेरो सीप र अनुभव मार्फत सम्पूर्ण खेलाडी र प्रमुख कोच राजिव कुमारलाई सहयोग गरेर टिमलाई बलियो बनाउन प्रयास गर्नेछु ।’

उनले उद्देश्यअनुसार जान सकिए खेल सकिँदासम्म प्रत्येक खेलाडी उत्कृष्ट हुने विश्वास लिएका छन्। रोड्सले केही वर्षअघि नेपालको राष्ट्रिय टिम र उमेर समूहको टोलीलाई छोटो प्रशिक्षण दिएका थिए । हाल उनी आईपीएलको लखनउ सुपरजायन्ट्ससँग आवद्ध छन् ।

पोखरा एभेन्जर्सले चार विदेशी खेलाडीको कोटामा तीन खेलाडी अनुबन्ध गरिसकेको छ । जोन्टीको अनुभव र विशेषज्ञता टोलीका लागि महत्त्वपूर्ण हुने निश्चित छ ।

उनी पोखरा एभेन्जर्समा समावेश गरिनुले नेपालको क्रिकेटमा नयाँ युगको सुरुवातको संकेत मानिएको छ ।

रोड्सको अनुभवले टोलीको प्रदर्शनलाई सुधार्ने र युवा खेलाडीहरूको विकासमा ठूलो योगदान गर्ने अपेक्षा गरिएको छ । रोड्स नोभेम्बरको पहिलो साता नेपाल आउनेछन् । उनले दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट र २४५ एकदिवसीय खेलमा प्रतिनिधित्व गरेका छन् ।

उत्कृष्ट फिल्डिङका लागि पनि उनी परिचित छन् । रोड्सले विभिन्न राष्ट्रिय टिम र आईपीएलसँगको कोचिङमा सफलतापूर्वक कदम अघि बढाइरहेका छन् ।




भर्खरै