२५ भाद्र २०८३, बिहीबार
,
Latest
उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वार्नरको कप्तानीमा लागेको आजीवन प्रतिबन्ध हट्यो



अ+ अ-

एजेन्सी । अस्ट्रेलियाका ओपनर डेभिड वार्नरलाई लगाइएको कप्तानीबाट आजीवन प्रतिबन्ध फुकुवा भएको छ । २०१८ मा, वार्नरलाई क्रिकेट अष्ट्रेलियाले अष्ट्रेलियामा कुनै पनि टोलीको कप्तानी गर्न आजीवन प्रतिबन्ध लगाएको थियो ।

तर, क्रिकेट अष्ट्रेलियाको आचरण आयोगले उक्त निर्णय पुनरावलोकन गरी वार्नरमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । प्रतिबन्ध फुकुवा भएसँगै उनी आगामी बीबीएल सिजनमा सिड्नी थन्डरको कप्तानी गर्ने अनुमान गरिएको छ ।

सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट म्याचमा बल टेम्परिङ गरेको आरोपमा डेभिड वार्नरमाथि यो प्रतिबन्ध लगाइएको थियो । वार्नर बाहेक स्टिभ स्मिथ र क्यामरुन ब्यानक्रफ्ट पनि बल टेम्परिङ मुद्दामा दोषी ठहर भएका थिए, जसलाई क्रिकेटबाट एक वर्ष प्रतिबन्ध लगाइएको थियो ।

डेभिड वार्नरलाई प्रतिबन्ध लगाएको ६ वर्षपछि क्रिकेट अष्ट्रेलियाले आफ्नो निर्णय फिर्ता लिएको हो । यस सम्बन्धमा क्रिकेट अष्ट्रेलियाले एक प्रेस विज्ञप्ति जारी गरी अक्टोबर २५ मा आचार आयोगको ३ सदस्यीय प्यानलले वार्नरमाथि लगाइएको आजीवन नेतृत्व प्रतिबन्ध हटाउने निर्णय गरेको बताइएको छ ।

२०१९ मा उनीविरुद्ध आजीवन नेतृत्व प्रतिबन्ध लगाइएपछि मात्र डेभिड वार्नरले यसलाई फिर्ता लिन अपील गरे । वार्नर २०२२ मा आफूमाथि लगाइएको प्रतिबन्धबाट यति दिक्क भएका थिए कि उनले अपील फिर्ता लिए ।

अब ६ वर्षको प्रतिक्षापछि अन्ततः वार्नरमाथिको कप्तानीबाट प्रतिबन्ध हटेको छ । वार्नरमाथिको यो प्रतिबन्ध अष्ट्रेलियामा मात्र सीमित थियो ।