२३ कार्तिक २०८१, शुक्रबार
,
Latest
निष्ठाका साथ न्याय सम्पादनको काम गर्नेछुः प्रश्तावित न्यायाधीश निरौला न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने कार्यमा लाग्नेछुः सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीश पाण्डे कारागारबाट दुई पटक भागेका प्रतिवादी छठ मनाउने क्रममा पक्राउ किरात संस्कृतिको संरक्षण गर्न साखेवा सिली प्रशिक्षण प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम सर्वसम्मत अनुमोदन हिमाल हेर्दै घरबासमा रमाउदै विदशी पर्यटक स्टार स्पोर्ट्समा एनपीएलको प्रसारण गराउन पहल चलचित्र ‘डोरी’का लागि ‘कास्टिङ कल’, नयाँ तथा पुराना कलाकारले अडिसन दिन सक्ने इजरायली फुटबल समर्थकको उद्धारका लागि विमान पठाइयो फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छुः दीपक मनाङे
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी तालिबानको आक्रमणमा परी १० जना प्रहरीको मृत्यु



अ+ अ-

एजेन्सी । पाकिस्तानी तालिबानले अफगान सीमा नजिकैको चेकपोस्टमा गरेको आक्रमणमा १० जना प्रहरी मारिएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

“आक्रमणका क्रममा फ्रन्टियर कन्स्टेबुलरीका दश जना जवान शहीद भएका थिए भने सात जना घाइते भएका थिए”, एकजना वरिष्ठ गुप्तचर अधिकारीले बताउनुभयो ।

खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लामा प्रहरी सहायता बलको चौकीमा करिब २० देखि २५ जना आतङ्ककारीहरूले भारी आक्रमण गरेका थिए ।

आक्रमण अफगानी सीमाबाट करिब ७० किलोमिटर पूर्वमा भएको थियो ।

सन् २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किएपछि पाकिस्तानले आतङ्कवादमा वृद्धि देखेको भने पाकिस्तानी तालिबानले प्रायः सुरक्षा फौजलाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।

खैबर जिल्लाको अफगान सीमा नजिकै बिहीबार राति गरिएको छुट्टै आक्रमणमा एक जना प्रहरी मारिएका छन् ।

ऐतिहासिक रूपमा अफगानिस्तानमा जरा भएको पाकिस्तानी तालिबानले अफगानी तालिबानकै विचारधारालाई आत्मसाथ गरेको छ ।