२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला सशक्तिकरण आवश्यक छः मन्त्री सुडी



अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिला सशक्तिकरण आवश्यक भएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले महिलाहरुले विकासको बलियो स्तम्भको रुपमा भुमिका खेल्न सक्छन् भन्नेकुरामा आफू विश्वस्त रहेको बताउनु भयो । उहाँले महिला अधिकारको लागि निरन्तर तत्पर रहेको बताउनु भयो ।

उहाँले महिला र बालबालिकाहरुको लागि सहज र समान समाज विकासको लागि आवश्यक नीति निर्माण गर्नुका साथै सहभागितामुलक बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्री सुडीले महिला र बालबालिकाहरुको सशक्तिकरणमा ठूलो योगदान पु¥याउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले महिला र बालबालिकाहरुको सशक्तिकरणमा भएका समस्याहरुको उजागर गर्दै समाधानको बाटो पहिल्याउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महिला सशक्तिकरण आवश्यक छ । महिलाहरुले विकासको बलियो स्तम्भको रुपमा भुमिका खेल्न सक्छन् भन्नेकुरामा म दृढ विश्वास राख्दछु । म महिला अधिकारको लागि निरन्तर तत्पर रहेको छु । त्यसैले महिला र बालबालिकाहरुको लागि सहज र समान समाज विकासको लागि आवश्यक नीति निर्माण गर्नुका साथै सहभागितामुलक बनाउने प्रतिवद्धता व्यक्त गर्दछु । महिला र बालबालिकाहरुको सशक्तिकरणमा ठूलो योगदान पु¥याउन आवश्यक छ । महिला र बालबालिकाहरुको सशक्तिकरणमा भएका समस्याहरुको उजागर गर्दै समाधानको बाटो पहिल्याउनु पर्छ ।’

मन्त्री सुडीले पिछडिएका व्यक्तिहरुको समस्या उजागर गरी समाधान गर्न सरकार प्रयत्नशिल रहेको बताउनु भयो । सरकार र नागरिक समाज मिलेर लैङ्गिक असमानताको मुल कारणहरुलाई निर्मुल गर्न र महिला एवं बालबालिकाको लागि समान अवसर सुनिश्चित गर्न लाग्नुपर्ने बताउनु भयो ।