२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

उदीयमान अर्थतन्त्रका लागि ब्रिक्स महत्वपूर्ण संयन्त्रः विज्ञहरू



अ+ अ-

एजेन्सी । रुसको कजानमा शुरु भएको १६ औँ ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ । गत मंगलवारदेखि बिहीवारसम्म चलेको सम्मेलन सम्पन्न भएको हो ।

ब्रिक्स संयन्त्र उदीयमान अर्थतन्त्रहरू एकजुट रहन र विश्वव्यापी व्यापारमा सजिलो पहुँच प्राप्त गर्नको लागि महत्वपूर्ण प्लेटफर्म भएको केही जाम्बियाका विज्ञहरूले बताए । अन्वेषक र जाम्बियाको अन्तर्राष्ट्रिय सम्बन्ध संघका वरिष्ठ सदस्य मवाका चिकोयेले ब्रिक्स साझा चासो भएका देशहरूका लागि विशेष गरी बढ्दो व्यापार संरक्षणवादको बीचमा मूल्यवान रहेको बताउनु भयो ।

उहाँले ग्लोवल साउथको बढ्दो प्रभावले विश्वव्यापीकरणको एजेण्डामा महत्वपूर्ण भुमिका खेलेको र विश्व बजारमा प्रमुख खेलाडीको रूपमा आफ्नो क्षमतालाई हाइलाइट गर्ने बताउनु भयो । चिकोयेका अनुसार ब्रिक्सले निष्पक्षतालाई बढावा दिन्छ ।

सबै राष्ट्रहरूले आकार वा आर्थिक स्थितिलाई ध्यान नदिई विश्वव्यापीकरणमा अर्थपूर्ण रूपमा योगदान गर्न सक्छन् भन्ने धारणालाई बढावा दिन्छ ।