२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाविरुद्ध नेपालको सानदार जित, सेमिफाइनलमा भारतसँग भिड्ने



अ+ अ-

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह बी को अन्तिम खेलमा श्रीलंकाविरुद्ध सानदार जित निकाल्दै घरेलु टोली नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६–० गोलले हराएको हो ।

नेपाललाई फराकिलो जित दिलाउन रेखा पौडेलले दुई तथा सविता रानामगर, सावित्रा भण्डारी, अमिका कार्की र रश्मी कुमारी घिसिङले समान एक गोल गरे ।

यससँगै अब सेमिफाइनलमा नेपालले भारत प्रतिद्वन्दी पाएको छ ।

समूह चरणमा नेपाल र भारत तथा साविक विजेता बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुने छ ।

बंगलादेश र भुटानले पहिलो सेमिफाइनलमा खेल्नेछन् । पहिलो सेमिफाइनल खेल आइतबार दिउँसो साढे १ बजे हुनेछ ।

यस्तै, दोस्रो सेमिफाइनलमा नेपाल र भारतबीच सोही दिन साँझ साढे ६ बजे सुरु हुनेछ ।